पुनर्निर्माण र पुनर्स्थापनाको काम सरकारको उच्च प्राथमिकतामा छ : लेखक

Published on

काठमाडौँ । पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई अहिले सरकारले उच्च प्राथमिकतामा राखेको गृहमन्त्री रमेश लेखकले बताउनुभयो । शनिबार एक कार्यक्रमका बिच अछाम ,बाजुरा र डोटी जिल्लाका भुकम्प पीडितलाई मध्यनजर गर्दै जिल्ला समन्वय समिति अछामको कार्यालयमा स्थापना भएको जिल्ला भुकम्पिय पुननिर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाई कार्यालय उद्घाटन गर्नुहुँदै मन्त्री लेखकले पश्चिम नेपालको डोटी बझाङ र जाजरकोट जिल्लामा गएको  भुकम्पले जनधनसँगै मुलुकले  ठुलो नोक्सानी व्यहोर्नुपरेको बताउनुभयो । लामो समयसम्म भुकम्प पीडितले राहत नपाएको समयमा पुर्ण रुपमा क्षति भएका निजि आवासको पुननिर्माण , पुनर्स्थापना र आवास मर्मतको कार्यलाई दुर्त गतिमा अगाडि बढाउने काम भइरहेको बताउनुभयो ।

लाभग्राहीहरुलाई ढिलो नगरेर रकम उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गर्नुभयो । बजेट व्यवस्थापन सरकारले गर्ने प्रतिबद्धता जनाइदै मन्त्री लेखकले स्थानीय तहहरुले समयमा लाभग्राही छनौट गरेर पठाएमा पीडित हरुले समयमै रकम पाउने  बताउनुभयो । भुकम्प बाट क्षति भएका अछामको बान्नीगढि जयगढ गाउँपालिका वडा नम्बर ३ र ४ का ४ जना लाभग्राहीहरुलाई आवास पुनर्निर्माण अन्तर्गत पहिलो किस्ता प्रति व्यक्ति ५० हजारका दरले चेक हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाह, विपद प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर भीष्म कुमार भुसाल , प्रदेश सभा सदस्य मानबहादुर रावल, तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...