सुडानमा हैजाबाट ९२ जनाको मृत्यु

Published on

काठमाडौँ । गैरसरकारी चिकित्सा सहायता समूह डाक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले सुडानको ह्वाइट नाइल राज्यमा विगत दुई हप्तामा हैजाबाट कम्तीमा ९२ जनाको मृत्यु भएको बताएको छ । फेब्रुअरी २० देखि मार्च ५ सम्म एमएसएफको सहयोगमा स्वास्थ्य मन्त्रालयको कोस्ती शिक्षण अस्पतालमा रहेको हैजा उपचार केन्द्रमा जम्मा २ हजार ७१८ जना बिरामी भर्ना भएका छन् । पानीबाट हुने रोग हैजाको लहर फेब्रुअरी १६ मा उम–दबाकिर पावर स्टेशनमा र्‍यापिड सपोर्ट फोर्सेस ९आरएसएफ० को प्रक्षेपणले लागेपछि ठूलो मात्रामा बिजुली आपूर्ति बन्द भएपछि उत्पन्न भएको थियो । गत मङ्गलवारसम्म सुडानी स्वास्थ्य मन्त्रालयले घोषणा गरेको जुलाई २०२४ देखि देशमा हैजाका घटनाहरूको सङ्ख्या ५७ हजार १३५ पुगेको छ ।

जसमा १ हजार ५०६ जनाको मृत्यु भएको छ । सुडानको ह्वाइट नाइल राज्यमा आरएसएफले आक्रमण गर्दै आएको छ । जसमध्ये सबैभन्दा उल्लेखनीय अल–गिटैना क्षेत्र वरपरका गाउँहरूमा गरिएको आक्रमण थियो । जसमा ४३३ नागरिकको मृत्यु भएको थियो । संयुक्त राष्ट्र सङ्घले उद्धृत गरेको सङ्कट अनुगमन समूह, सशस्त्र द्वन्द्व स्थान र घटना डेटाका अनुसार अप्रिल २०२३ को मध्यदेखि सुडान सुडानी सशस्त्र सेना र आरएसएफ बीचको विनाशकारी द्वन्द्वमा फसेको छ । जसले कम्तीमा २९ हजार ६८३ जनाको ज्यान लिएको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको अनुमानअनुसार द्वन्द्वले सुडानभित्र र बाहिर दुवै ठाउँमा १ करोड ५० लाखभन्दा बढी मानिसलाई विस्थापित गरेको छ ।

spot_img

ताजा समाचार

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका...

नेपाल प्रहरीको ३४औँ आईजीपी बने डा. मनोज केसी, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकारमा सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...