काठमाडौँ । नेपाल सरकारका गृहमन्त्री माननीय रमेश लेखकले जाजरकोट र रुकुमपश्चिमाका गएको भूकम्पका विरुद्ध राजनीति गर्न आग्रह गर्नु भएको छ । चर्किएका भत्किएका घर सरकारले निर्माण गर्ने बताउनु भएको छ । भूकम्पीय पुननिर्माण तथा पुनस्थापना आयोजना कार्यन्वयन इकाई कार्यालय उदघाटन गर्न जाजरकोट पुग्नु भएका मन्त्री लेखकले यस्तो कुरा बताउनु भएको हो । गृहमन्त्री लेखकले भूकम्पबाट क्षति भएपछि नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्युनीकरण पुनस्थापना प्राधिकरण, प्रदेश सरकार स्थानीय तह, एकै साथ चल्नु पर्ने बताउनु भयो । उहाँले विस्तृत परियोजना (डिडिए) छिटोछरितो गरिने बताउनु भयो । डिडिएको काम समयमा सम्पन्नगरी पुननिर्माणको कामलाई अघि बढाउन सरकार लागि परेको बताउनु भयो ।

भूकम्पले घर भत्किएपछि पुनर्निर्माण पूर्व गरिने डिडिएका लागि जाजरकोटमाा ५० जना, रुकुमपश्चिममा ४८ जना प्राविधिकले कामगरी रहेको बताउनु भयो । फिल्डमा खटिएका प्राविधिकको कमी भएपछि सरकारले थप गर्ने बताउनु भयो । मन्त्री लेखकले जाजारकोट जिल्लामा अलपत्र परेको योजनाहरुका विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदमा छिटोछरितो सम्पन्न गर्न जाजरकोटी जनताको गुनासोलाई सम्बोधन गर्ने बताउनु भयो । सरकार जनताको अवस्था परिवर्तन गर्न प्रतिबद्ध रहेको भनाई छ । पुननिर्माण, पुनस्थापनका लागि सरकार गम्भीर भएर लागेको बताउनु भयो । आवश्यक बजेट व्यवस्थापनगरी विस्तृत क्षति आकलन (डिडिए) को प्रतिवेदन जतिसक्यो प्रतिवेदन छिटो आएपछि सरकारले बजेट व्यवस्थापनगरी पुननिर्माणको कामलाई अघि बढाउने प्रतिबद्धता गर्नु भयो ।

पुननिर्माणको काम छिटोछरितोगरी भूकम्प प्रभावित जनतालाई सुरक्षित आवासमा राख्ने लक्ष्य लिएको छ । भूकम्पपछि जति जनताले दुख पाउनु भयो अबका दिन पाउन नदिनेगरी सरकार लागि परेको छ । भूकम्प जति बेला पनि आउन सक्ने भएकाले स्थानीय सरकारले विपद जोखिम न्यूनीकरण कोषलाई बलियो बनाउनु आग्रह गर्नु भयो । गत वर्ष कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका-१ रामिडाँडा केन्द्र बिन्दु भई गएको भूकम्पले धनजनको क्षति गरेपछि भूकम्पपछि तिन महिना त्रिपालमुनी, बाँकी समय अस्थायी टहरामा जिवन निर्वाह गरेका भूकम्प पीडित जनताका घर निर्माण गर्ने गरी जाजरकोट र रुकुमपश्चिममा काम गर्न कार्यालय स्थापना भएको हो । सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर बिष्ट भूकम्प गएको लामो समयपछि पुननिर्माण तथा पुन:स्थापना अन्तर्गत विस्तृत क्षति आकलन (डिडिए) काम शुरु भएकोमा खुसी व्यक्त गर्दै आवासबिहिन जनताका आवास बन्ने आशा पलाएको बताउनु भयो ।

करिब १६ महिनापछि पुननिर्माण तथा पुनस्थापना आयोजना कार्यन्वयन इकाई कार्यालय भेरी नगरपालिका– १ रिम्नामा उद्घाटन गर्नु भएको छ । सरकारले जनताका आवास निर्माण गर्न लागेको डिडिएको कार्यले घर निर्माण हुन्छन भन्नेमा आशा जगाएको छ । नेपाली काग्रेस जाजरकोटका सभापति प्रदेश सभा सदस्य बेदराज सिंहले भूकम्पअघि एउटै घरमा बसेका परिवार अस्थायी टहरामा बस्नु परेपछि बढी लाभग्राही देखिएको छ । राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा प्राधिकरणका भिष्मकुमार भुसालका अनुसार विस्तृत क्षति आकलन (डिडिए) भूकम्पले क्षति गरेका घरको डिडिए हुने बताउनु भयो । पुननिर्माण तथा पुन:स्थापनाका लागी खटिएका प्राविधिकलाई तालिम दिई लाभग्राहीको घरमा पठाएको बताउनु भयो । जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित गाउँबस्तीमा नागरिक खुसी भएका छन् ।
