शिक्षकको मागलाई तत्काल सम्बोधन गरौं : डा. भण्डारी

Published on

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले सरकारले शिक्षकको मागलाई सम्बोधन गर्नु जरुरी रहेको बताउनुभएको छ। सत्यवती गाउँपालिकाको जोहाङ्ग खैरेनीमा भएको नेपाली कांग्रेस क्षेत्र नम्बर–१ गुल्मीको प्रथम क्षेत्रीय सम्मेलनमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। सरकारले शिक्षकको मागलाई सम्बोधन गर्न नसक्दा शिक्षक आन्दोलित भएको नेता भण्डारीले आरोप लगाउनुभयो। नागरिकको नजिकको साथी र समाजलाई सकारात्मक दिशामा हिँड्न सिकाउने शिक्षकको मागलाई तत्काल सम्बोधन गर्नु जरुरी रहेको उहाँको भनाइ छ।

शिक्षककै असल शिक्षण सिकाइका कारण आफूहरू नेता बनेको भुल्न नहुने नेतृत्वले बुझ्न जरुरी रहेको भन्दै उहाँले अहिले राजनीतिक दलसँगै सरकारमा रहेका नेतृत्व र नेताका कारण अहिले शिक्षक सदरमुकाम र राजधानीका सडकमा आन्दोलन गर्न बाध्य भएको बताउनुभयो। अहिले शिक्षक आफ्नो मागलाई सरकारले तत्काल सम्बोधन गर्न दबाब दिन आन्दोलनका लागि सडकमा र नेताको कार्यालयमा पुग्ने गरेको उहाँले बताउनुयो। सरकारले भाषण र गफ दिने होइन तुरुन्त शिक्षकका मागलाई सम्बोधन गर्नुपर्ने भन्दै आफू सधै शिक्षक र देशको शिक्षा सुधारको पक्षमा निरन्तर लागेको बताउनुभयो।

शिक्षकका कारणले गर्दा देश राम्रो भएको छ। देशका सरकारी विद्यालयको शैक्षिक गुणस्तर निकै राम्रो भएको भन्दै सरकारले विद्यालयमा भएका हरेक समस्या समाधानलाई विशेष प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो। नेता भण्डारीले नेतृत्व कुनै पनि व्यक्ति स्वार्थमा लाग्न नहुने बताउनुभयो। दलका हरेक नेतृत्वले नागरिक भावनालाई बुझ्न जरुरी रहेको भन्दै उहाँले नेतृत्वको व्यक्तिगत स्वार्थको अन्त्यका लागि आफूहरू निरन्तर लागेको बताउनुभयो। देश र जनताका पक्षमा सबैले काम गर्नुपर्ने भन्दै उहाँले हरेक नागरिकलाई समान दृष्टिकोणले हेर्नुपर्ने धारणा राख्नुभयो। प्राकृतिक स्रोत र साधनसँग आम नेपाली नागरिक जोड्न सकिएमा सजिलै देशमा गरिबीको अन्त्य हुने भन्दै विदेशीयका नेपाली नागरिकलाई स्वदेश फर्काउन तिनै तहका सरकारले विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो।

spot_img

ताजा समाचार

गहवामाइको डोलीयात्राको अवसरमा रक्तदान

काठमाडौं । शक्तिपिठको रुपमा पर्सा जिल्लामा मात्र नभइ यस भेगमा प्रख्यात माइस्थान गहवामाइ मन्दिरको...

ग्रामीण सडकमा ट्राफिक सचेतना कार्यक्रम

काठमाडौं । ट्राफिक कार्यालय बागलुङले सवारी दुर्घटना न्युनीकरणका लागि ग्रामीण सडकमा चल्ने सवारी, चालक...

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौं । काठमाडौँको जमल तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथको रथ निर्माण अन्तिम चरण...

निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले  जनप्रतिनिधिको काँधमा ठूलो दायित्व...