‘पाथीभरा मन्दिरमा आउने दर्शनार्थीको सङ्ख्या घट्यो’

Published on

काठमाडौँ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या घटेको छ । पाथीभरा क्षेत्र विकासले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाथीभरामा दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या घटेको हो । सार्वजनिक तथ्याङ्कका अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा सात हजार ४२८ दर्शनार्थी पाथीभरा मन्दिर पुगेका छन् । गत आर्थिक वर्षको फागुन महिनामा १७ हजार ९१२ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका थिए । गत आर्थिक वर्षको फागुन महिनाको तुलनामा यो आर्थिक वर्षको फागुन महिनामा करिब साढे ९ हजार कम दर्शनार्थी पाथीभरा मन्दिर पुगेका छन् ।

पाथीभरा दर्शनका लागि असोज, कात्तिक र फागुन, चैतमा विशेषगरी बढी मात्रामा तीर्थयात्री आउनेगरेका छन् । तर बन्द हड्तालका कारण तीर्थयात्रीको सङ्ख्यामा समेत दिन प्रतिदिन ह्रास आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो । क्षेत्र विकास समितिका अनुसार माघ महिनामा पनि दर्शनार्थीको सङ्ख्या घटेको छ । चालु आर्थिक वर्षको माघ महिनामा चार हजार २४९ दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । गत आर्थिक वर्षको माघ महिनामा ६ हजार ४०१ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए । चालु आर्थिक वर्षको फागुन महिनासम्ममा एक लाख १८ हजार ३०० दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । यस्तै, गत आर्थिक वर्षमा दुई लाख ३१ हजार ३३४ जना तीर्थयात्री पाथीभरा मन्दिर पुगेका थिए । मन्दिर दर्शनका लागि आउने तीर्थयात्रीको सङ्ख्या घट्दा काफ्लेपाटी–माथिल्लो फेदीको मात्र नभई सदरमुकामसहित मेची राजमार्ग तथा तमोर कोरिडोर आसपासका व्यावसायीहरू समेत प्रभावित भएका छन् ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...