कारबाहीबाट २९ लाखभन्दा बढी राजस्व सङ्कलन

Published on

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ३६ सयभन्दा बढी सवारी साधन कारबाही गरी २९ लाख रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । प्रहरीले गत फागुन महिनामा मात्र नियमविपरीत रहेका तीन हजार ६१४ वटा विभिन्न सवारी साधनलाई कारबाही गरेको जनाएको छ । उक्त सवारी साधन कारबाही गरेर २९ लाख ११ हजार पाँच सय रुपियाँ जरिवाना गराई राजस्व सङ्कलन गरिएको हो । प्रहरीले फागुनमा १४ लाख ७१ हजार ८७५ रुपियाँ बराबरको अवैध भन्सार छलीको सामानसहित तीन जना व्यक्ति र चार वटा मोटरसाइकल बरामद गरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको जनाएको छ । त्यसैगरी अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने चार वटा टिप्पर र दुईवटा ट्याक्टर नियन्त्रणमा लिएर सम्बन्धित निकायमा पठाएर ४८ हजार रुपियाँ जरिवाना गराइएको जानकारी दिएको छ ।

अवैधरूपमा भारतबाट ल्याइएका तीन लाख ७६ हजार ८१० रुपियाँ मूल्य बराबरको ब्रोइलर कुखुरा र मासु बरामद गरी आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाइएको छ । त्यसैगरी फागुन महिनामा प्रहरीले विभिन्न अपराधसम्बन्धी एक सय ३१ वटा मुद्दा दर्ता गरेको छ । उक्त मुद्दामा संलग्न एक सय दुई जना व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । १५ वर्ष २ महिना १८ दिन कैद सजाय तोकिएका ६५ जना फरार अपराधीलाई पक्राउ गरिएको र उनीहरूबाट चार लाख ३५ हजार ५५ रुपियाँ जरिवाना असुल गरिएको छ । यस समयावधिमा ६५ वटा पेन्डिङ मुद्दाहरू फर्छ्यौट गरिएको छ । चारसय १४ वटा ठाडो उजुरी दर्ता भएकोमा तीनसय ९६ वटा उजुरी फर्छ्यौट गरिएको र १८ वटा उजुरी फर्छ्यौट प्रक्रियामा रहेको छ ।

हराएका तीन वटा मोटरसाइकल र एउटा साइकल, १२ थान आइफोन र एन्ड्रोइड मोबाइल फोन फेला पारी सम्बन्धितलाई बुझाइएको छ । लागुऔषध ओसारपसारविरुद्ध योजनाबद्ध रूपमा प्रहरी परिचालन गरी एक किलो १०६ ग्राम ४१६ मिलिग्राम ब्राउनसुगर, ट्रामाडोल पाँच हजार ट्याब्लेट र चार किलो २०० ग्राम चरेससहित उक्त कार्यमा संलग्न २२ जनालाई कानुनी दायरामा ल्याइएको छ । महिला बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान–कारबाहीतर्फ १५ वटा मुद्दा दर्ता भएकोमा संलग्न ११ जनालाई पक्राउ गरिएको छ । प्रहरीकाअनुसार घरेलु हिंसासम्बन्धी ३१ वटा उजुरी दर्ता भएकोमा २४ वटा उजुरीमाथि छानबिन गरी फर्छ्यौट गरिएको र बाँकी अनुसन्धानका क्रममा रहेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएका सम्बन्धमा ४६ वटा निवेदन दर्ता भएको र १५ जना फेला पारी अभिभावकको जिम्मा लगाइएको र बाँकीको खोजतलास जारी रहेको, सीमा नाकाबाट ८१ जना महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूको उद्दार गरिएको र अलपत्र अवस्थामा १५ जनालाई फेला पारी संरक्षणका लागि सम्बन्धित संस्थामा पठाइएको प्रहरीले जनाएको छ । समुदाय प्रहरी सहकार्यतर्फ लैङ्गिक हिंसा, लागुऔषधसम्बन्धी सचेतना, आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतना, अल्पसङ्ख्यकसँग प्रहरी, नागरिक सुनवाइ, समुदाय प्रहरी साझेदारी, साइबर अपराध र चोरीसम्बन्धी सचेतना लगायतका १६० वटा विभिन्न सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाइटसहित २५१ वटा ट्राफिकसम्बन्धी सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको छ । आन्तरिक सुदृढीकरण प्रयासतर्फ उत्कृष्ट कार्य गर्ने १४ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको र आचरणविपरीत कार्य गर्ने ३ जना प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको छ ।

ताजा समाचार

प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनको यात्रामा निरन्तर बहस र संवाद अपरिहार्य छ...

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...