जिल्लाका सात वटा क्याम्पसमा स्ववियुको निर्वाचन हुने

Published on

काठमाडौँ । मकवानपुर जिल्लाका विभिन्न क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी तिव्र बनाइएको छ । त्रिभुवन विश्वविद्यालयका जिल्लामा रहेका आङ्गिक र सम्बन्धन प्राप्त गरी सात वटा क्याम्पसमा मङ्गलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । आसन्न स्ववियु निर्वाचनलाई शान्त, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरका मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, प्रहरी उपरीक्षक विश्वराज खड्कासहित जिल्लामा क्रियाशील विभिन्न विद्यार्थी सङ्गठनका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा छलफल गरिएको छ ।

स्ववियु निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षबाट प्रतिबद्धता जनाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा रहेका मकवानपुर बहमुखी क्याम्पस, हेटौँडा क्याम्पस, मनहरी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस, वन विज्ञान अध्ययन, वंशगोपाल बहुमुखी क्याम्पस र वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसमा निर्वाचन हुने भएको छ । अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन, अखिल समाजवादी विप्लब लगायतका विद्यार्थी सङ्गठनहरू चुनावी प्रतिस्पर्धामा रहेका छन् । सबैजसो क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । जिल्लाको मकवानपुर बहुमुखी क्याम्पसमा सबैभन्दा बढी दुई हजार ६९८ विद्यार्थी अध्ययनरत छन् । निर्वाचन प्रक्रियालाई लिएर मकवानपुर बहुमखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) क्याम्पस एकाइ समितिले र हेटौँडा क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी) ले ताला लगाएकोमा वार्ताबाट सहमतिपछि ताला खोलेका थिए ।

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...