जिल्लाका सात वटा क्याम्पसमा स्ववियुको निर्वाचन हुने

Published on

काठमाडौँ । मकवानपुर जिल्लाका विभिन्न क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी तिव्र बनाइएको छ । त्रिभुवन विश्वविद्यालयका जिल्लामा रहेका आङ्गिक र सम्बन्धन प्राप्त गरी सात वटा क्याम्पसमा मङ्गलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । आसन्न स्ववियु निर्वाचनलाई शान्त, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरका मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, प्रहरी उपरीक्षक विश्वराज खड्कासहित जिल्लामा क्रियाशील विभिन्न विद्यार्थी सङ्गठनका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा छलफल गरिएको छ ।

स्ववियु निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षबाट प्रतिबद्धता जनाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा रहेका मकवानपुर बहमुखी क्याम्पस, हेटौँडा क्याम्पस, मनहरी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस, वन विज्ञान अध्ययन, वंशगोपाल बहुमुखी क्याम्पस र वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसमा निर्वाचन हुने भएको छ । अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन, अखिल समाजवादी विप्लब लगायतका विद्यार्थी सङ्गठनहरू चुनावी प्रतिस्पर्धामा रहेका छन् । सबैजसो क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । जिल्लाको मकवानपुर बहुमुखी क्याम्पसमा सबैभन्दा बढी दुई हजार ६९८ विद्यार्थी अध्ययनरत छन् । निर्वाचन प्रक्रियालाई लिएर मकवानपुर बहुमखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) क्याम्पस एकाइ समितिले र हेटौँडा क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी) ले ताला लगाएकोमा वार्ताबाट सहमतिपछि ताला खोलेका थिए ।

spot_img

ताजा समाचार

पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धमा नकारात्मक असर पुर्‍याउने किसिमका गतिविधिमा संलग्न दोषीमाथि छानबिन...

हावाहुरीसहितको असिनाले किसान चिन्तित, हजारौँ बिघाको बाली नष्ट

काठमाडौं । सुनसरीमा सोमबार राति आएको हावाहुरीसहितको असिनापानीले मकै, गहुँ तथा तरकारी बालीमा ठुलो...

भुजीखोला बाढीको पाँच वर्ष : पीडित अझै आवासविहीन

काठमाडौं । पश्चिम बागलुङको भुजीखोलामा भीषण बाढी आएको पाँच वर्ष बितिसक्दा पनि पीडितले आवास...

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका...