दोहोरो नागरिकतालाई नेपालले स्वीकार्दैन : मन्त्री गुरुङ

Published on

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दोहोरो नागरिकतालाई नेपालले स्वीकार नगरेको प्रष्ट पार्नुभएको छ । सोमवार प्रतिनिधि सभामा ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक –२०८१’ माथि भएको छलफलमा सांसदहरुले राखेको सुझावका विषयमा जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गैरआवासीय नेपालीलाई नेपाली नागरिकभन्दा फरक तर सहुलियत नागरिकता दिने व्यवस्था गरेको बताउनुभयो । नेपाली नागरिकता त्याग गर्न नचाहने गैरआवासीय नेपालीमुलका व्यक्तिलाई मात्र गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘भावनामा नडुबी नेपालले अहिलेसम्म दोहोरो नागरिकताको प्रावधानलाई नेपालले स्वीकारेको छैन, हामीले के नबुझौ भने गैरआवासीय नागरिकता प्राप्त व्यक्ति भनेर किन भन्नु परेको रु यो कुरा तपाई हामी सबैले बुझ्नुपर्छ । उहाँहरुले प्राप्त गरेको नागरिकता हामीले प्राप्त गरेजस्तो साधारण होइन । त्योभन्दा भिन्न भएको हुनाले सहुलियतको रुपमा उहाँहरुलाई गैरआवासीय नागरिकता प्रदान गरेको छ। गैर आवासीय नागरिकता त्यस्ता व्यक्तिलाई दिएको छ जो नेपाली मुलको विदेशी नागरिक छ र त्यही बसेको छ, जस्ले हाम्रो नागरिकता त्याग नगर्ने कुरा गरेको छ ।’ सञ्चारमन्त्री गुरुङले विदेशमा बसेको नेपालीमुलका नेपाली नागरिकलाई दुई वर्षका लागि भिसा सहुलियत दिने व्यवस्था गरिएको बताउनुभयो ।

spot_img

ताजा समाचार

गहवामाइको डोलीयात्राको अवसरमा रक्तदान

काठमाडौं । शक्तिपिठको रुपमा पर्सा जिल्लामा मात्र नभइ यस भेगमा प्रख्यात माइस्थान गहवामाइ मन्दिरको...

ग्रामीण सडकमा ट्राफिक सचेतना कार्यक्रम

काठमाडौं । ट्राफिक कार्यालय बागलुङले सवारी दुर्घटना न्युनीकरणका लागि ग्रामीण सडकमा चल्ने सवारी, चालक...

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौं । काठमाडौँको जमल तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथको रथ निर्माण अन्तिम चरण...

निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले  जनप्रतिनिधिको काँधमा ठूलो दायित्व...