सुशासन प्रवर्द्धनसम्बन्धी नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

Published on

काठमाडौँ । सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभा बैठकबाट बहुमतले पारित भएको छ । सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो प्रस्ताव पारितका लागि सोमबार बैठकमा स्वीकृतिको प्रस्ताव गर्नुभएको थियो । विधेयक निर्णयार्थ बैठकमा प्रस्तुत हुँदा पक्षमा ९६ र विपक्षमा ४९ मत परेको थियो । उपसभामुख इन्दिरा रानाका अनुसार बैठकमा विधेयक निर्णयार्थ पेस हुँदा सांसद सङ्ख्या १४५ रहेको थियो । सोअघि मन्त्री गुरुङले सो विधेयक दफाबार छलफलका लागि संसद बैठकमा प्रस्तुत गर्नुभएको थियो । सो विधेयकमाथि दफाबार छलफलपछि उपसभामुख राणाले विधेयक पारितका लागि विधेयक निर्णयार्थ पेस गर्नुभएको थियो । बैठकमा सांसदहरू चित्रबहादुर केसी, प्रकाश ज्वाला, अमरेशकुमार सिंह, अशोककुमार चौधरी, प्रेम सुवाल लगायत सांसदहरूले धारणा राख्नुभएको थियो ।

spot_img

ताजा समाचार

गहवामाइको डोलीयात्राको अवसरमा रक्तदान

काठमाडौं । शक्तिपिठको रुपमा पर्सा जिल्लामा मात्र नभइ यस भेगमा प्रख्यात माइस्थान गहवामाइ मन्दिरको...

ग्रामीण सडकमा ट्राफिक सचेतना कार्यक्रम

काठमाडौं । ट्राफिक कार्यालय बागलुङले सवारी दुर्घटना न्युनीकरणका लागि ग्रामीण सडकमा चल्ने सवारी, चालक...

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौं । काठमाडौँको जमल तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथको रथ निर्माण अन्तिम चरण...

निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले  जनप्रतिनिधिको काँधमा ठूलो दायित्व...