काठमाडौँ । पुतलीबजार नगरपालिका-५ स्थित पौवेगौडेमा अस्थायी प्रहरी चौकी(बिट) टक्सारको स्थापना गरिएको छ । पौवेगौडे, टक्सार र ठूलाडिही, कास्कीको भरतपोखरी, निर्मलपोखरी र क्रिस्ति तथा तनहुँको शुक्लागण्डकी नगरपालिको बाबियाडांष, लामागाउँ समेतका स्थानीय जनतालाई सेवा पुर्याउने उद्येश्यले अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । प्रहरी चौकीको स्थापना गर्दै संघीय सांसद राजु थापाले यस क्षेत्रका शान्ति सुरक्षा र अमनचैनको चौकी स्थापना गरिएको बताउँदै स्थानीय जनताको पनि सहयोग आवश्यक भएको बताउनुभयो ।
यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख खडगराज सुवेदी, प्रजिअ सुनिता नेपाल, प्रहरी प्रमुख शालिकराम शर्मा लगायतले प्रहरी चौकी स्थापनापछि यो क्षेत्र मदिरा, लागु पदार्थको दुर्व्यसन मुक्त क्षेत्र हुने विश्वास व्यक्त गर्नुभयो । पुरानो स्वास्थ्य चौकीमा स्थापना गरिको प्रहरी चौकीमा हवल्दार ओम प्रकाश थापाको कमाण्डमा चार जना प्रहरी छन् । प्रहरी चौकीका लागि एक थान मोटरसाइकल र आवश्यक बन्दोबस्तीका सामान वडा कार्यालयले उपलब्ध गराएको छ । प्रहरीका लागि आवश्यक पर्ने इन्धनका लागि मासिक एक/एक हजार रुपियाँ उपलब्ध गराउने स्थानीय समाजसेवी शैलेन्द्रजंग काकीले प्रतिबद्धता जनाउनुभयो थियो भने एकमुष्ट नगद ५ हजार रुपियाँ प्रदान गर्नुभएको थियो । जिल्लामा अस्थायी प्रहरी चौकी सात वटा, १८ वटा प्रहरी चौकी, तीन वटा इप्रका, एक वटा वडा प्रहरी कार्यालय, एक जिल्ला प्रहरी कार्यालय सहित कारागार, अस्पताल, सिडीयो गार्ड, अदालत र ट्राफिक प्रहरी गरि ३५ युनिट छन् ।