गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

Published on

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट दुई जनालाई बोर्ड सदस्यमा नियुक्त गरिएको हो । नवनियुक्त बोर्ड सदस्यमा सञ्चार मन्त्रालयका उपसचिव तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका निजी सचिव सुरथ पोखरेललाई संस्थान ऐन २०१९ दफा ८ को उपदफा (१) को खण्ड (ग) अनुसार चैत ७ गतेदेखि लागु हुनेगरी नियुक्त गरिएको हो ।

सोहीअनुसार गोरखापत्र अनलाइनका निमित्त सम्पादक लोकबहादुर चौधरी ‘लक्की’ बोर्ड सदस्यमा नियुक्त हुनुभएको छ । उहाँलाई संस्थान ऐन २०१९ को दफा ८ (१) को खण्ड (ङ) बमोजिम सो पदमा चार वर्षका लागि नियुक्त गरिएको हो । मन्त्रालयका सहसचिव कोशहरि निरौलाद्वारा हस्ताक्षरित पत्रअनुसार चैत ७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सो पदमा पोखरेल र चौधरीलाई नियुक्त गर्ने निर्णय गरिएको हो । मन्त्रालयका सहसचिव निरौलाले बोर्ड सदस्यद्वय पोखरेल र चौधरीलाई आज मन्त्रालयमा पत्र हस्तान्तरण गर्नुभयो । बोर्ड सदस्य पोखरेल रिसिङ गाउँपालिका–५, तनहुँ स्थायी निवासी हुनुहुन्छ । राजनीतिशास्त्र र इतिहासमा स्नातकोत्तर गर्नुभएका पोखरेलले कानुनमा एलएलबी गर्नुभएको छ । नवनियुक्त सदस्य चौधरी धनगढी–५, कैलाली निवासी हुनुहुन्छ । समाजशास्त्र, राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका चौधरी पत्रकारितामा दर्शनाचार्य (एमफिल)मा अध्ययनरत हुनुहुन्छ । गोरखापत्र अनलाइनका निमित्त सम्पादक चौधरी विगत १६ वर्षदेखि गोरखापत्रमा आबद्ध हुनुहुन्छ ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...