नौ महिनाको अन्तरिक्ष स्टेसनमा बसाइपछि घर फर्कंदै अन्तरिक्षयात्री

Published on

काठमाडौँ । नौ महिनाभन्दा बढी समयदेखि अन्तरिक्षमा फसेका एक जोडी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट आफ्नो क्याप्सुल अलग भएपछि अन्ततः मङ्गलबार घर फर्कने क्रममा छन्। बुच विल्मोर र सुनी विलियम्स बोकेको स्पेसएक्स यान स्थानीय समयानुसार ०५:०५ मा कक्षीय स्टेसनबाट अलग भयो। यसले विश्वव्यापी ध्यान आकर्षित गरेको उनीहरूको लामो मिसन अन्त्य गरेको छ। नासाको यो जोडीसँग अमेरिकी निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जान्डर गोर्बुनोभ पनि सामेल हुनुहुन्छ। चालक दल अब पृथ्वीमा फर्कने १७ घण्टाको यात्राका लागि बसिरहेका छन् र उनीहरूलाई स्पेस सुटबाट बढी आरामदायी पोशाकमा परिवर्तन गर्न अनुमति दिइएको छ। यदि सबै कुरा राम्ररी चल्यो भने क्याप्सुल फ्लोरिडाको तटमा मङ्गलबार लगभग २१५७ जिएमटीमा समुद्री स्प्ल्यासडाउनका लागि आफ्नो प्यारासुट खोल्नेछ। त्यहाँ एक रिकभरी जहाजले चालक दललाई पुनः प्राप्त गर्नेछ।

विल्मोर र विलियम्सले गत वर्ष जुनमा कक्षीय प्रयोगशालामा उडान भर्नुभएको थियो। यो बोइङको स्टारलाइनरलाई यसको पहिलो चालक दल उडानमा परीक्षण गर्न एक दिन लामो राउन्ड ट्रिप हुने थियो। अन्तरिक्ष यानमा प्रोपल्सन समस्या देखा पर्‍यो र उहाँहरूलाई फिर्ता उडाउन अयोग्य मानिएपछि, खाली फिर्ता पठाइयो। पूर्व नौसेना पाइलटहरू विल्मोर (६२) र विलियम्स (५९) लाई नासा-स्पेसएक्स क्रू-९ मिसनमा पुनः नियुक्त गरियो। जसमा गत सेप्टेम्बरमा ड्रर्‍यागन अन्तरिक्ष यानलाई सामान्य चारको सट्टा दुईको टोलीसँग आइएसएसमा उडान गरेको थियो। त्यसपछि आइतबार बिहान क्रू–१० भनिने राहत टोली स्टेसनमा जोडियो। त्यहाँ उनी ह्याचबाट तैरँदै हिँड्दा उनीहरूको आगमनलाई व्यापक मुस्कान र अङ्कमालहरूले स्वागत गरियो। क्रू–१० को आगमनले हेग र गोर्बुनोभसँगै विल्मोर र विलियम्सको प्रस्थानको बाटो खोल्यो। रासस/एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...