ट्रकको क्याबिनमा लुकाइएको थियो २५ करोड

Published on

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार अवैध विदेशी मुद्रासहित ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई सार्वजनिक गरेको छ। प्रहरीको टोलीले चैत ४ गते राति ११ बजे काठमाडौँको टोखा नगरपालिका वडा नं. २ झोरमा ना ७ ख १६५२ को मालबहाक ट्रक नियन्त्रणमा लिएको थियो। प्रहरीको अनुसन्धानमा ट्रकको ‘वोनट’ ड्राइभर बस्ने कोठाको (क्याबिनको बायाँ तर्फको) माथिल्लो भागमा फल्सबटम बनाइ लुकाइ छिपाइ सो रकम ल्याइएको खुलेको छ।

अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार विभिन्न व्यक्तिले ठूलो परिमाणमा अमेरिकी डलर, युरो लगायत विभिन्न देशका मुद्रा राजश्व छली गरी अवैध रुपमा ओसार पसार तथा कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले सो ट्रक नियन्त्रणमा लिएको हो। अमेरिकी डलर एक सय दरका नोट जम्मा थान ३,११९, अमेरिकी डलर ५० दरका नोट जम्मा थान १७९, युरो ५०० दरका थान ११, युरो दुई सय दरका थान ४८०, युरो १०० दरका थान ४१४८, युरो ५० दरका थान १७१७७ जसको नेपाली रुपियाँ २५ करोड १९ लाख २४ हजार ९५० रुपियाँ हुने प्रहरीले जनाएको छ। पक्राउ परेका लामा स्थायी घर सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं. १ भइ हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नं. २ मा बस्दै आएका थिए। निजलाई विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

गहवामाइको डोलीयात्राको अवसरमा रक्तदान

काठमाडौं । शक्तिपिठको रुपमा पर्सा जिल्लामा मात्र नभइ यस भेगमा प्रख्यात माइस्थान गहवामाइ मन्दिरको...

ग्रामीण सडकमा ट्राफिक सचेतना कार्यक्रम

काठमाडौं । ट्राफिक कार्यालय बागलुङले सवारी दुर्घटना न्युनीकरणका लागि ग्रामीण सडकमा चल्ने सवारी, चालक...

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौं । काठमाडौँको जमल तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथको रथ निर्माण अन्तिम चरण...

निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले  जनप्रतिनिधिको काँधमा ठूलो दायित्व...