ट्रकको क्याबिनमा लुकाइएको थियो २५ करोड

Published on

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार अवैध विदेशी मुद्रासहित ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई सार्वजनिक गरेको छ। प्रहरीको टोलीले चैत ४ गते राति ११ बजे काठमाडौँको टोखा नगरपालिका वडा नं. २ झोरमा ना ७ ख १६५२ को मालबहाक ट्रक नियन्त्रणमा लिएको थियो। प्रहरीको अनुसन्धानमा ट्रकको ‘वोनट’ ड्राइभर बस्ने कोठाको (क्याबिनको बायाँ तर्फको) माथिल्लो भागमा फल्सबटम बनाइ लुकाइ छिपाइ सो रकम ल्याइएको खुलेको छ।

अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार विभिन्न व्यक्तिले ठूलो परिमाणमा अमेरिकी डलर, युरो लगायत विभिन्न देशका मुद्रा राजश्व छली गरी अवैध रुपमा ओसार पसार तथा कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले सो ट्रक नियन्त्रणमा लिएको हो। अमेरिकी डलर एक सय दरका नोट जम्मा थान ३,११९, अमेरिकी डलर ५० दरका नोट जम्मा थान १७९, युरो ५०० दरका थान ११, युरो दुई सय दरका थान ४८०, युरो १०० दरका थान ४१४८, युरो ५० दरका थान १७१७७ जसको नेपाली रुपियाँ २५ करोड १९ लाख २४ हजार ९५० रुपियाँ हुने प्रहरीले जनाएको छ। पक्राउ परेका लामा स्थायी घर सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं. १ भइ हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नं. २ मा बस्दै आएका थिए। निजलाई विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...