पाँचौँ नेपाल-जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु

Published on

काठमाडौँ । पाँचौँ नेपाल-जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु भएको छ । आजदेखि यहाँ ‘फङ्सनल न्युरोसर्जरी वर्कसप’ का रूपमा सुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ । न्युरो फाउन्डेसन नेपाल र नेपलिज सोसाइटी अफ न्युरोसर्जन्स्को संयुक्त आयोजना रहेको सम्मेलनमा क्यानडा, इरान र नेपालका न्युरोसर्जरी क्षेत्रमा कार्यरत चिकित्सक तथा वैज्ञानिकको उपस्थिति छ । सम्मेलनमा ६० भन्दा बढी वैज्ञानिकले कार्यपत्र प्रस्तुति गरिरहेका छन् । सम्मेलनबारे प्रकाश पार्दै न्युरोफाउन्डेसन नेपालका अध्यक्ष डा वसन्त पन्तले भन्नुभयो, “फङ्सनल न्युरोसर्जरीमा पार्किन्सन्स, शरीर काम्ने, शरीरको चालसम्बन्धी गडबडी (मुभमेन्ट डिसअर्डर), विभिन्न किसिमका मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार हुन्छ । सोही विषयमा केन्द्रित रहेर सम्मलेन आयोजना गरिएको हो ।” आजभन्दा २० वर्ष अघि नेपालमा एमआरआइसहित स्वास्थ्य क्षेत्रमा प्रयोग गरिने प्रविधिको विकास नभएको अवस्थामा न्युरोसर्जन अत्यन्त कम रहेका बताउँदै आज नेपालमा यो सङ्ख्या एक सय २० पुगेको उहाँले जानकारी दिनुभयो । रासस

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...