प्रधानमन्त्री कप : पुलिसको सातौँ जित

Published on

काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार सातौँ जित निकालेको छ । बुटबलको एक्स्ट्राटेक ओभल मैदानमा बिहीबार भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ९३ रनले हरायो । जितका लागि पुलिसले दिएको दुई सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा सवै विकेटको क्षतिमा दुई सय चार रनमा समेटिएको थियो । बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ७० रन बनाउनुभयो । शुभ कंशाकरले ३६, विपिन आचार्यले २०, सूर्य तामाङले १७, प्रतिश जिसीले १४ र आशुतोष घिरैयाले १२ रन बनाउनुभयो । बलिङमा पुलिसका ललित राजवंशीले चार विकेट लिनुभयो । कुशल भूर्तेलले तीन, करण केसीले दुई तथा गुलशन झाले एक विकेट लिनुभयो ।

यसअघि पलिे ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ९७ रन बनाएको थियो । पुलिसका लागि कुशल भूर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धसतकीय इनिङ्स खेल्नुभयो । कुशलले ८८ र दीपेन्द्रले ६० रन बनाउनुभयो । अमित श्रेष्ठले ४८, आरिफ शेखले ३८, गुलशन झाले १६ र दिलिप नाथले १० रन बनाउनुभयो । बलिङमा प्रतिश जिसीले तीन विकेट लिनुभयो । रिजन ढकाल, इशान पाण्डे, साकार गजुरेल र विपिन आचार्यले एक एक विकेट लिनुभयो । जितसँगै १४ अङ्क बनाएको पुलिस शीर्षस्थानमा छ । बागमतीको ६ खेलबाट चार अङ्क छ । यस्तै सिद्धार्थ क्रिकेट मैदानमा भएको अर्को खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदशलाई पाँच विकेटले हरायो । जितका लागि कर्णालीले दिएको दुई सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४९.४ ओभरमा सबै विकेटको क्षतिमा दुई सय रनमा समेटिएको थियो । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ४८.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय पाँच रन बनाएको थियो । जितसँगै कर्णालीले ६ खेलबाट ६ नै अङ्क बनाएको छ । पराजित लुम्बिनीको सात खेलबाट आठ अङ्क पुगेको छ ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...