प्रधानमन्त्री कप : पुलिसको सातौँ जित

Published on

काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार सातौँ जित निकालेको छ । बुटबलको एक्स्ट्राटेक ओभल मैदानमा बिहीबार भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ९३ रनले हरायो । जितका लागि पुलिसले दिएको दुई सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा सवै विकेटको क्षतिमा दुई सय चार रनमा समेटिएको थियो । बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ७० रन बनाउनुभयो । शुभ कंशाकरले ३६, विपिन आचार्यले २०, सूर्य तामाङले १७, प्रतिश जिसीले १४ र आशुतोष घिरैयाले १२ रन बनाउनुभयो । बलिङमा पुलिसका ललित राजवंशीले चार विकेट लिनुभयो । कुशल भूर्तेलले तीन, करण केसीले दुई तथा गुलशन झाले एक विकेट लिनुभयो ।

यसअघि पलिे ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ९७ रन बनाएको थियो । पुलिसका लागि कुशल भूर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धसतकीय इनिङ्स खेल्नुभयो । कुशलले ८८ र दीपेन्द्रले ६० रन बनाउनुभयो । अमित श्रेष्ठले ४८, आरिफ शेखले ३८, गुलशन झाले १६ र दिलिप नाथले १० रन बनाउनुभयो । बलिङमा प्रतिश जिसीले तीन विकेट लिनुभयो । रिजन ढकाल, इशान पाण्डे, साकार गजुरेल र विपिन आचार्यले एक एक विकेट लिनुभयो । जितसँगै १४ अङ्क बनाएको पुलिस शीर्षस्थानमा छ । बागमतीको ६ खेलबाट चार अङ्क छ । यस्तै सिद्धार्थ क्रिकेट मैदानमा भएको अर्को खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदशलाई पाँच विकेटले हरायो । जितका लागि कर्णालीले दिएको दुई सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४९.४ ओभरमा सबै विकेटको क्षतिमा दुई सय रनमा समेटिएको थियो । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ४८.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय पाँच रन बनाएको थियो । जितसँगै कर्णालीले ६ खेलबाट ६ नै अङ्क बनाएको छ । पराजित लुम्बिनीको सात खेलबाट आठ अङ्क पुगेको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...