दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’अभियान सुरु

Published on

काठमाडौँ । ट्राफिक प्रहरीले आज बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा ट्राफिक नियमबारे जनचेतना फैलाउने उद्देश्यले ‘दुईपाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ अभियान सुरु गरेको छ । दुईपाङ्ग्रे सवारी चालकहरूलाई लक्षित गरी सुरु भएको कार्यक्रम हरेक हप्ता नियमितरूपमा सञ्चालन गरिने बूढानीलकण्ठ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालय प्रमुख वीरेन्द्र विश्वकर्माले कार्यक्रमअन्तर्गत चालकहरूलाई ट्राफिक नियम, सुरक्षा मापदण्ड तथा जिम्मेवाररूपमा सवारी सञ्चालनबारे जानकारी दिइने बताउनुभयो । “दुर्घटना न्यूनीकरण तथा सुरक्षित सडक यात्राको सुनिश्चितताका लागि यस्तो सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । चालकहरूले जिम्मेवार भएर नियमअनुसार सवारी सञ्चालन गरे दुर्घटनाको सम्भावना निकै कम हुन्छ । हामीले हरेक हप्ता यस्तै विषयमा सचेतना फैलाउने गरी यो कार्यक्रम सुरु गरेका छौँ”, उहाँले भन्नुभयो,“कार्यालयले आगामी दिनमा यस कार्यक्रमलाई अझ प्रभावकारी र समावेशी बनाउँदै लैजाने योजना बनाएको छ ।” कार्यक्रममा सहभागी चालकहरूले पनि यस्ता जानकारीमूलक प्रयासहरू उपयोगी रहेको बताएका छन् । रासस

ताजा समाचार

राष्ट्रियसभामा तीन विधेयक टेबुल

काठमाडौँ । प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५ र प्रतिनिधिसभा नियमावली, २०७९ का प्रावधान...

कमल दहबाट कमलको जरा निकालिँदै

काठमाडौँ । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ मा रहेको कमल दहबाट कमलको जरा निकाल्दै स्थानीय...

राष्ट्रियसभामा महिनावारी विभेद अन्त्यसम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी शाह (गरिमा)ले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेद...

धोविखोला करिडोरमा फुलेका रङ्गीचङ्गी फूल

काठमाडौँ । काठमाडौँको रातोपुल आसपास धोविखोला करिडोरमा वसन्त ऋतुमा फुलेका रङ्गीचङ्गी फूल । ...