भिरबाट लडेर बालिकाको मृत्यु

Published on

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, चुत्राघारीडाँडामा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। इन्द्रसरोवर-३, जातीपोखरी बस्ने नौ वर्षीया लमिना वाईवा भिरबाट लडेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोमबार घाँस काट्न भन्दै घरबाट करिब ५०० मिटर दक्षिणतर्फ रहेको चुत्राघारीडाँडा जङ्गलतर्फ गएकी उनी घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो ।

खोजतलासका क्रममा मङ्गलबार बिहान भिरबाट करिब ३०० मिटर तल लडेको अवस्थामा बालिकाको शव फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो । घटनापछि प्रहरी चौकी सिस्नेरीबाट प्रहरी टोली खटिई घटनास्थलमा पुगेको थियो भने थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...