सहिद स्मृति भवनको शिलान्यास

Published on

काठमाडौँ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा निर्माण गर्न लागिएको सहिद स्मृति भवनको शिलान्यास गरिएको छ । पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा (प्रभाकर)ले आइतबार भवनको शिलान्यास गर्नुभएको हो । कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा महान सहिद स्मृति प्रतिष्ठान ताप्लेजुङले आफ्नो कार्यालय भवन निर्माण गर्न थालेको हो । फुङ्लिङ नगरपालिका–५ बुद्धचौक नजिक निर्माण हुने भवनको माओवादी नेता शर्माले शिलान्यास गर्नुभएको छ । शर्माद्वारा सिलान्यास भएसँगै कार्यालय भवन निर्माण कार्य प्रारम्भ भएको प्रतिष्ठानका अध्यक्ष विष्णुकुमार लिम्बूले जानकारी दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष लिम्बूका अनुसार भवन निर्माणका लागि सहरी विकास तथा भवन कार्यालय इलामले ठेक्का (बोलपत्र) आह्वान गरेको थियो । चालू आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित २० लाख रुपियाँ बजेट कार्यान्वयन गर्नेगरी सहरी विकासले ठेक्का आह्वान गरेकोमा दुर्बिज निर्माण सेवा प्रालिले कामको जिम्मा पाएको छ । भवन निर्माणको प्रारम्भिक काम गर्ने जिम्मा दुर्बिज निर्माण सेवा प्रालिले पाएको समयमै काम सम्पन्न गराउन नियमित निगरानी गरिने सहरी विकास तथा भवन कार्यालय इलामका कार्यालय प्रमुख सुरन्द्र लिम्बूले बताउनुभयो । भवनको प्रारम्भमा जग्गा सम्याउने (व्याक कटिङ) तथा ठेस गारो (रिटेनिङ वाल) लगाउने काम हुने सहरी विकास तथा भवन कार्यालयका इन्जिनियर जितेन्द्र यादवले जानकारी दिनुभयो । प्रतिष्ठानको भवन निर्माण गर्न पाएको काम तत्काल सुरु हुने र समयमै सम्पन्न गर्ने दुर्बिज निर्माण सेवा प्रालिका प्रोपाइटर रवीन सुनुवारले बताउनुभयो । यता भवनको सिलान्यस कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माओवादी नेता शर्माले समयमै भवन निर्माण सम्पन्न गराउनका निम्ति सक्रिय रहन प्रतिष्ठानलाई सुझाव दिनुभयो । भवन चाँडै निर्माण गरी सक्नलाई प्रतिष्ठानकै सक्रियता र पहलकदमीमा भर पर्ने उहाँले बताउनुभयो ।

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...