जिल्ला अस्पताल बैतडीमा प्रसुति सेवा पुनः सुचारु

Published on

काठमाडौँ । जिल्ला अस्पताल बैतडीमा लामो समयपछि स्त्री तथा प्रसुति रोगसम्बन्धी सेवा सुचारु भएको छ । अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा प्रभावित रहेको सो सेवा पुनः सञ्चालनमा आएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताउनुभयो । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा रामकुमार यादव जिल्ला अस्पतालमा हाजिर भएपछि यहाँ स्त्री तथा प्रसुति रोग सम्बन्धी सेवा पनि पुनः सञ्चालनमा आएको पन्तले बताउनुभयो । विशेषज्ञ चिकित्सक आएसँगै महिलाहरुलाई उपचारका लागि सहज भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताउनुभयो ।

यसअघि सेवाका लागि यहाँका नागरिक जिल्ला बाहिर र भारतको पिथौरागढ जान बाध्य भएको र अब उक्त बाध्यताको पनि अन्त्य भएको अध्यक्ष भट्टले बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारले परामर्श सेवाबाट डा यादवलाई छनोट गरेर जिल्ला अस्पतालमा पठाएको हो । उहाँसँगै नयाँ मेडिकल अधिकृतका रूपमा डा निश्चल ज्ञवालीसमेत अस्पतालमा हाजिर हुनुभएको अध्यक्ष भट्टले बताउनुभयो । डा ज्ञवाली छात्रवृत्ति करारबाट जिल्ला अस्पतालमा आएसँगै अब जिल्ला अस्पतालमा दुई विशेषज्ञ, एक दन्तरोग विशेषज्ञ र ६ स्वास्थ्य अधिकृत सहित नौ चिकित्सक कार्यरत रहेको व्यवस्थापन समिति अध्यक्ष भट्टले बताउनुभयो । पछिल्लो समय विभिन्न प्रकारका सेवा विस्तारमा जोड दिइरहेको जिल्ला अस्पताल बैतडीले जनाएको छ ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...