‘विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी छ’

Published on

काठमाडौँ । सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी रहेको बताउनुभएको छ। कैलालीको अत्तरियामा आयोजित विश्व हिमनदी, जल र मौसम दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सार्कीले विपद् जन्य घटनाले ठूलो मानवीय तथा धनजनको क्षति गर्दै आएकोमा सबै मिलेर विपद् प्रतिकार्य योजनामा सरिक हुनुपर्ने बताउनुभएको हो।मन्त्री शार्कीले भन्नुभयो –‘विपद्को कुनै निश्चित समय हुँदैन, यसमा सरोकारवाला निकायले संमित भएर लाग्न जरुरी छ। ’ विपद्जन्य घटना न्यूनीकरणमा तीनै तहका सरकारले नतिजा उन्मुख कार्य गर्नुपर्ने र प्रदेश सरकार पनि यसमा खटिने मन्त्री सार्कीले प्रतिबद्धता जनाउनुभयो।

आइतबार कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले पानी पिएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालले हिम नदी र जलाधार क्षेत्रमा उचित तरिकाले लाग्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा बोल्दै दोधाराचाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले यस वर्ष नगरमा ६२४ मिलिमिटर वर्षामापन गरिएको र जुन हालसम्मकै अत्याधिक वर्षा भएको बताउनुभयो। सबैले आफ्नो क्षेत्रबाट जिम्मेवारी पुरा गर्न सके विपद् जन्य घटनाबाट जोगिने उहाँले बताउनुभयो। आइतबार कार्यक्रममा हिमनदीमा जलवायु परिवर्तनको प्रभाव सम्बन्धी डा. भूमिराज बुढाथोकी र कन्चनपुरको दोधाराचाँदनी नगरपालिकाको गत मनसुनको असल अभ्यास सम्बन्धी सुदृढ परियोजना संयोजक राजकुमार सुनारको प्रस्तुततिकरण थियो।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...