रोल्पाको मुरुले लेकमा चुनढुङ्गा उत्खनन् गर्न नदिने

Published on

काठमाडौँ । रोल्पाको मुरुले लेकमा सिमेन्ट उद्योगलाई चुनढुङ्गा उत्खनन् गर्न नदिने स्थानीयले बताएका छन् । चुनढुङ्गा उत्खनन्का लागि शुभम् खनिज उद्योगले खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको छ । चुनढुङ्गा उत्खनन् गर्ने स्थानभन्दा एकसय मिटरमाथि लेकमा स्थानीयले ऐतिहासिक ठाउँ भन्दै मन्दिर समेत बनाएका छन् । चुनढुङ्गा उत्खनन् रोक्नका लागि स्थानीय केशवराज चन्दको नेतृत्वमा मुरुले बचाउ संघर्ष समिति नै गठन गरेका छन् । मन्दिरको एक सय मिटर मुनिबाट चुनढुङ्गा निकालेर एक वर्षसम्म सम्राट सिमेन्टलाई उपलब्ध गराइएको थियो । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा उत्खनन्का लागि अनुमति दिएको बारेमा स्थानीयले धेरैपछि मात्रै थापा पाएका थिए । गैरकानुनीरुपमा उत्खनन् गरिरहेको शुभमले अनुमति पाएकै ठाउँबाट उत्खनन् गर्ने तयारी गरेपछि स्थानीयले त्यसलाई रोकेका थिए ।

मुरुले बचाउन संघर्ष समितिका अध्यक्ष केशवराज चन्दले उद्योगले स्थानीय जनतालाई जालझेल गरेर ढाँटेको आरोप लगाउनुभएको छ । पुनः वातावरणीय परीक्षण गरी स्थानीयको जमिन समेत लिएर इस्लाबाङमा मात्रै उत्खनन् गर्नुपर्ने चन्दले बताउनुभयो । जहाँबाट अनुमति पाएको छ त्यहीबाट मात्रै चुनढुङ्गा उत्खनने गर्नुपर्ने सथानीयको माग रहेको छ । उद्योगले स्थानीय जनतालाई ढाँटिरहेको भन्दै कहाँबाट उत्खनन् गर्ने हो सत्य कुरा बताउन स्थानीय पार्वती लामिछानीको माग छ । पर्यटकीय क्षेत्रलाई असर पर्ने गरी चुनढुंगा निकाल्न नदिने लामिछानिले बताउनुभयो । शुभम् खनिज उद्योगले चुनढुङ्गा उपलव्ध गराइरहेको सम्राट सिमेन्टका जनसम्पर्क अधिकृत सरोज शाहले स्थानीयको सल्लाह अनुसार नै उद्योगले उत्खनन् गर्ने बताउनुभयो । उद्योग स्थानीयभन्दा बाहिर गएर काम गर्न सक्दैन, हामी स्थानीयकै साथमा हुन्छौं ।

अनुमति लिएको ठाउँभन्दा बाहिरबाट उत्खनन् गरिरहेको शुभम् खनिज उद्योग र चुनढुङ्गा लगिरहेको सम्राट सिमेन्ट उद्योगले स्थानीयसँग गरेको सम्झौता पालना नगरेको भन्दै स्थानीय रुष्ट बन्दै आएका छन् । २०७६ मा स्थानीयसँग गरेको १४ बूुदे सहमति कार्यान्वयन नभएको समेत बताएका छन् । १४ बुँदाको सहमतिमा उद्योगले स्थानीय त्रिपुरेश्वरी आवि खाराको भवन निर्माण गरिदिने र शिक्षकको तलव उपलव्ध गराउने भनिएको थियो । भवन नबनाए पनि शिक्षक तलवका लागि साढे चार लाख वार्षिक दिने गरेकोमा २०७९ सालपछि रोकिएको छ । उद्योगले दिने रकमकै आधार मानेर विद्यालयमा राखिएका चारजना शिक्षकले तलव पाउन सकेका छैनन् । केही वर्षको तलव गाउँपालिकाको अनुदानबाट मिलाए पनि २०८१ साउनदेखि शिक्षकहरुले एक पैसा पनि नपाएको विद्यालयका प्रधानाध्यापक रणबहादुर डाँगीले बताउनुभयो । सहमति पालना नहुने जस्ता समस्या भए पनि अब नयाँ हिसावले सहमति गरेर अघि बढ्नुपर्ने रुन्टीगढी गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष धनबहादुर घर्तीले बताउनुभयो । शुभम् खनिज उद्योगले खानी तथा भूगर्भ विभागबाट मुरुले क्षेत्रको चार दशमलव पाँच हेक्टर जमिनमा चुनढुंगा उत्खनन्का लागि अनुमति पाएको छ ।

spot_img

ताजा समाचार

भोलिदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको तयारी पुरा, पहिलोपटक डीआरएस प्रयोग हुँदै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल...

कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै...

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, राष्ट्रियतामाथि अवमूल्यन भएको टिप्पणी

काठमाडौं – नेपाल-भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी...

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं - आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा...