प्रादेशिक अस्पताल गौरमा १०० शय्यामा स्तरोन्नति

Published on

काठमाडौँ । रौतहट सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा १०० शय्यामा स्तरोन्नति गरिएको छ । मधेश प्रदेश सरकारको मन्त्रीपरिषदबाट प्रादेशिक अस्पताल गौरलाई १०० शय्याको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनकपुरधामका निमित्त प्रदेश सचिव राजेश कुमार मिश्रले बताउनुभयो । १०० शय्याको अस्पतालमा परिणत भएसँगै दरबन्दी थप हुने तथा उपकरणहरु जडान हुने भएकोले बिरामीलाई छिटो , सहज र गुणस्तरीय उपचार प्राप्त गर्न मद्दत पुग्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महम्मद अनवर हासमिले बताउनु भयो । रौतहटबासीलाई हरेक साना उपचारमा पनि रिफर गर्नुपर्ने बाध्यता तथा गुणस्तरीय उपचारको लागि जिल्ला बाहिर जाने अवस्था कम हुने प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मुरारी ठाकुर भन्नुहुन्छ । प्रादेशिक अस्पताल गौर रिफरल अस्पतालमा परिणत भएको तथा गुणस्तरीय उपचारको अभाव रहेको भन्दै जनगुनासो बढेको छ ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...