मधेश प्रदेश सभाको बैठक स्थगित

Published on

काठमाडौँ । मधेश प्रदेशसभाको बैठक अनिश्चित समयको लागि स्थगित गरिएको छ। प्रदेश सभाको गतिरोध अन्त्य गराउन मङ्गलबार बिहान बसेको दलहरुबिचको बैठकमा सहमति जुट्न नसकेपछि सभाको बैठक स्थगित गरिएको हो। मधेश प्रदेशसभाको गत आइतबारको बैठकमा विभिन्न विषयमा छानबिनको माग गर्दै विपक्षी दलको अवरोधपछि स्थगित भएको थियो । संसदीय दलहरुको बैठकमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने विपक्षी दलहरुको अडानको कारण सहमति जुट्न नसकेको जनमत पार्टीका संसदीय दलको नेता महेशप्रसाद यादवले जानकारी दिनुभयो । सहमति जुट्न नसकेको कारण मंगलबार बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको उहाँले बताउनुभयो । मधेश प्रदेश सभाको सचिव बासुप्रसाद कोइरालाले मङ्गलबार एक सूचना जारी गर्दै मङ्गलबार बिहान ११ बजे बस्ने भनेको बैठक अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको उल्लेख गरिएको छ। यता बैठकमा सहभागी हुन आइपुग्नुभएका प्रदेश सांसदहरूले बैठक नबसेको कारण आफूहरुको आउजाउ बेकार भएको गुनासो गर्दै भन्नुभयो, कम्तीमा उपस्थिति गराएर बैठक स्थगित गर्नुपर्थ्यो ।

spot_img

ताजा समाचार

पृथ्वीराजमार्ग विस्तार : मौरीबासमा कालोपत्र भएसँगै यात्रा सहज

काठमाडौं । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक स्तरोन्नतिअन्तर्गत पश्चिम खण्डमा भौतिक प्रगतिले उल्लेख्य फड्को मारेको छ...

पुस्तौदेखि सडक सञ्जालबाट वञ्चित हुँदै गुम्बाबासी

काठमाडौं । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने गुम्बाबासी लामो समयदेखि सडक सञ्जालको पहुँचबाट बञ्चित हुँदैआएका...

अवैध रूपमा सामुदायिक वनको माटो बिक्री

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका २ मा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समितिले...

मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु

काठमाडौं । यहाँका घरपझोङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसान यतिबेला स्याउ बगैँचा व्यवस्थापनमा...