मधेश प्रदेश सभाको बैठक स्थगित

Published on

काठमाडौँ । मधेश प्रदेशसभाको बैठक अनिश्चित समयको लागि स्थगित गरिएको छ। प्रदेश सभाको गतिरोध अन्त्य गराउन मङ्गलबार बिहान बसेको दलहरुबिचको बैठकमा सहमति जुट्न नसकेपछि सभाको बैठक स्थगित गरिएको हो। मधेश प्रदेशसभाको गत आइतबारको बैठकमा विभिन्न विषयमा छानबिनको माग गर्दै विपक्षी दलको अवरोधपछि स्थगित भएको थियो । संसदीय दलहरुको बैठकमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने विपक्षी दलहरुको अडानको कारण सहमति जुट्न नसकेको जनमत पार्टीका संसदीय दलको नेता महेशप्रसाद यादवले जानकारी दिनुभयो । सहमति जुट्न नसकेको कारण मंगलबार बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको उहाँले बताउनुभयो । मधेश प्रदेश सभाको सचिव बासुप्रसाद कोइरालाले मङ्गलबार एक सूचना जारी गर्दै मङ्गलबार बिहान ११ बजे बस्ने भनेको बैठक अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको उल्लेख गरिएको छ। यता बैठकमा सहभागी हुन आइपुग्नुभएका प्रदेश सांसदहरूले बैठक नबसेको कारण आफूहरुको आउजाउ बेकार भएको गुनासो गर्दै भन्नुभयो, कम्तीमा उपस्थिति गराएर बैठक स्थगित गर्नुपर्थ्यो ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...