सञ्चार गृहमा गरेको आगजनीविरुद्ध विरोध

Published on

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले पत्रकारको हत्या तथा सञ्चार गृहमा गरेको आगजनीविरुद्ध शनिबार साँझ जनकपुरधाममा प्रदर्शन तथा श्रद्धाञ्जलीसभाको आयोजना गर्ने भएको छ। शुक्रबार काठमाडौँमा राजावादी समर्थकहरूले प्रदर्शनका क्रममा गरेको आगजनीमा पारेर एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको मृत्यु भएको घटना तथा अन्नपूर्ण मिडिया ग्रुपको केन्द्रिय कार्यालयमा गरेको आगजनीप्रति महासङ्घ धनुषाले विरोध प्रदर्शन कार्यक्रम गर्ने भएको हो ।

महासङ्घ धनुषा शाखाका अध्यक्ष पुरन गुप्ताले अप्रत्याशित घटनाको निन्दा गर्दै दोषीहरूलाई कारबाहीको मागसहित विरोध प्रदर्शन गर्ने बताउनुभयो । उहाँले साँझ जनकपुरधाममा विरोध प्रदर्शनसहित दीप प्रज्वलन गरेर रजकको सम्झनामा श्रद्धाञ्जली अर्पण गरिने जानकारी दिनुभयो। महासङ्घले रजक मृत्यु घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरिने उल्लेख गर्नुभयो । यस्तै पत्रकार महासङ्घ सप्तरी शाखाले शनिबार बिहान विरोध प्रदर्शन गरेको छ । सो घटनापछि शनिबार परेको महासङ्घको ७० औं स्थापना दिवसको अवसरमा आयोजना हुने प्रभातफेरी तथा स्वास्थ्य परीक्षण कार्यक्रम समेत स्थगित गरिएको छ । यसअघि, नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले पनि घटनाको छानबिनको माग गर्दै दोषीउपर कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरिसकेको छ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...