सञ्चार गृहमा गरेको आगजनीविरुद्ध विरोध

Published on

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले पत्रकारको हत्या तथा सञ्चार गृहमा गरेको आगजनीविरुद्ध शनिबार साँझ जनकपुरधाममा प्रदर्शन तथा श्रद्धाञ्जलीसभाको आयोजना गर्ने भएको छ। शुक्रबार काठमाडौँमा राजावादी समर्थकहरूले प्रदर्शनका क्रममा गरेको आगजनीमा पारेर एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको मृत्यु भएको घटना तथा अन्नपूर्ण मिडिया ग्रुपको केन्द्रिय कार्यालयमा गरेको आगजनीप्रति महासङ्घ धनुषाले विरोध प्रदर्शन कार्यक्रम गर्ने भएको हो ।

महासङ्घ धनुषा शाखाका अध्यक्ष पुरन गुप्ताले अप्रत्याशित घटनाको निन्दा गर्दै दोषीहरूलाई कारबाहीको मागसहित विरोध प्रदर्शन गर्ने बताउनुभयो । उहाँले साँझ जनकपुरधाममा विरोध प्रदर्शनसहित दीप प्रज्वलन गरेर रजकको सम्झनामा श्रद्धाञ्जली अर्पण गरिने जानकारी दिनुभयो। महासङ्घले रजक मृत्यु घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरिने उल्लेख गर्नुभयो । यस्तै पत्रकार महासङ्घ सप्तरी शाखाले शनिबार बिहान विरोध प्रदर्शन गरेको छ । सो घटनापछि शनिबार परेको महासङ्घको ७० औं स्थापना दिवसको अवसरमा आयोजना हुने प्रभातफेरी तथा स्वास्थ्य परीक्षण कार्यक्रम समेत स्थगित गरिएको छ । यसअघि, नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले पनि घटनाको छानबिनको माग गर्दै दोषीउपर कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरिसकेको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...