पत्रकार हत्या र मिडियामाथि आक्रमण गर्नेलाई कारबाहीको माग

Published on

काठमाडौँ । पत्रकार सुरेश रजकको हत्या र मिडिया गृहमाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्न माग गर्दै पत्रकारले धनगढीमा विरोध प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको आयोजनामा विरोध प्रदर्शन गरिएको हो । घटनाको भत्र्सना गर्दै पत्रकारले दोषीलाई कारबाही गर्न माग गरेका छन् । हत्याको विरोधमा पत्रकारले धनगढीको ट्राफिक चौराहादेखि बसपार्कसम्म विरोध प्रदर्शन गरेका थिए । सो प्रदर्शन ट्राफिक चौराहा पुगेर विरोधसभामा परिणत भएको थियो ।

शुक्रबार काठमाडौँको तीनकुनेस्थित एक घरमा आगो लगाएर पूर्व राजावादी आन्दोलनकारीले पत्रकार रजकलाई जिउँदै जलाएका थिए । यसैगरी, विभिन्न सञ्चारगृहमा तोडफोड गरिएको थियो । आन्दोलनको नाममा अराजक जत्थाले नियोजित रूपमा पत्रकारको हत्या र सरकारी तथा व्यक्तिगत सम्पत्ति तोडफोड गरेको नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले बताउनुभयो । उहाँले मागको नाममा अराजकता फैलाउन कसैलाई छुट नरहेको उल्लेख गर्नुभयो । त्यस्तै, नेपाल प्रेस युनियनका सुदूरपश्चिम अध्यक्ष मनमोहन स्वाँरले तीनकुने घटना सुनियोजित रहेको बताउनुभयो । उहाँले लोकतन्त्रमाथि नै आघात गर्ने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध एकजुट हुन र लोकतन्त्र रक्षाका लागि कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो । राजा फर्काउने नाममा शुक्रबार गरिएको प्रदर्शन अराजक रहेको स्वाँरको भनाइ छ ।

त्यस्तै, इन्सेकका सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले राष्ट्रिय मुद्दा र नागरिकको अधिकारको सवालमा सबै एक हुन आवश्यक रहेको जनाउनुभयो । पत्रकारको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उहाँले तीनकुने घटना पत्रकारमाथि मात्र नभई आम नागरिकमाथिको आक्रमण रहेको स्पष्ट पार्नुभयो । उहाँले जनताको बलिदानीबाट प्राप्त लोकतन्त्रको रक्षा गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । विरोध सभालाई नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य मीन बम, कैलालीका पूर्व अध्यक्ष दीर्घराज उपाध्याय, प्रेस चौतारीका जिल्ला अध्यक्ष जनक विष्ट, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका प्रदेश अध्यक्ष उन्नती चौधरी, प्रेस सेन्टरका जिल्ला सचिव राम दहित, समाजवादी प्रेस सङ्गठनका जगत जैगडी लगायतले सम्बोधन गरेका थिए ।

spot_img

ताजा समाचार

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका...

नेपाल प्रहरीको ३४औँ आईजीपी बने डा. मनोज केसी, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकारमा सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...