डलासमा ट्रम्पको आप्रवासन नीतिको विरोधमा भव्य प्रदर्शन

Published on

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिप्रति असन्तुष्टि जनाउँदै सोमबार डलासमा विरोध प्रदर्शन भएको सिएनएनले जनाएको छ । प्रदर्शनकारीले आप्रवासन अधिकारीद्वारा सुरक्षा नियन्त्रणमा लिएका विद्यार्थीको रिहाइको माग पनि गरेका छन् । सिएनएनका अनुसार विरोधमा सहभागीहरूले एकता र देशभक्तिको प्रतीकको रूपमा अमेरिकी झण्डा बोकेका थिए भने केहीले महमुद खलिल, खान सूरी र रुमेसा ओजतुर्कका प्रतीक बोकेका थिए । ट्रम्प सरकारले आतङ्कवादी सङ्गठनसँग सम्बन्धित गतिविधिको आरोपमा केही विद्यार्थीलाई गिरफ्तार गरेको विरोधमा भएको प्रदर्शनमा व्यापक सहभागिता देखिन्थ्यो ।

‘लिग अफ युनाइटेड ल्याटिन अमेरिकन सिटिजन्स’का पूर्व राष्ट्रिय अध्यक्ष हेक्टर फ्लोर्सले विरोध प्रदर्शनलाई सम्बोधन गर्दै वास्तुकला, कला, खाना, स्वास्थ्य सेवा, शिक्षा र विज्ञान लगायत विभिन्न क्षेत्रमा ल्याटिनहरूको योगदानबारे चर्चा गर्नुभएको थियो । उहाँले भन्नुभयो, “ल्याटिनहरू अमेरिकाको मेरुदण्ड हुन् ।” दोस्रो कार्यकालमा आफ्नो अभियानको दृढ योजनाको रूपरेखा प्रस्तुत गर्दै राष्ट्रपति ट्रम्पले अघि सारेका आप्रवासन अधिकारलगायतका नीतिगत परिवर्तनबारे न्याय हुनुपर्ने फ्लोर्सले बताउनुभयो । ट्रम्पले आप्रवासन नीतिलाई संसोधन गरी जन्मसिद्ध नागरिकतालाई हटाउने प्रयास गरेपछि अमेरिकी प्राज्ञहरूलेसमेत यसलाई असंवैधानिक निर्णय भनेका छन् । रासस/एएनआई

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...