भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार

Published on

काठमाडौँ । म्यानमारमा गएको ७.९ म्याग्निच्यूडको भूकम्पको पाँच दिनपछि बुधबार म्यानमाको नेपिडोको एक होटल भवन भत्किएको भग्नावशेषबाट २६ वर्षीय एक होटल कर्मचारीलाई उद्धार गरिएको राज्य प्रशासन परिषद्को सूचना टोलीले जनाएको छ । भग्नावशेषमा दुई जना फसेको र म्यान्माको अग्नि सेवा विभाग र टर्कीको उद्धार टोलीले एक जनालाई सुरक्षित स्थानमा ल्याउन सफल भएको सूचना टोलीले जनाएको छ । स्थानीय समयअनुसार मङ्गलबार अपराह्न ३ः०० बजे होटलको अप्रेसन सुरु भएको र स्थानीय समय अनुसार बुधबार बिहान १२ः३० बजे ती व्यक्तिलाई उद्धार गरिएको बताइएको छ । बाँकी फसेका व्यक्तिहरूको खोजी र उद्धारको प्रयास जारी रहेको बताइएको छ । रासस/एएफपी

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...