हात्तीको आक्रमणबाट माउतेको मृत्यु

Published on

काठमाडौँ । बाँके राष्ट्रिय निकुञ्जको खड्गवार हात्तीसारमा गणेशगज नामको हात्तीले आक्रमण गर्दा हात्तीको स्याहारमा खटिएका माउतेको मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–९ घर भई बाँके राष्ट्रिय निकुञ्जको फणित पदमा कार्यरत अन्दाजी ४५ वर्षका आशाराम थारुको घटनास्थलमै मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताउनुभयो । उहाँका अनुसार खड्वार हात्तीसारमा बुधवार राती घाँस, दाना हाल्ने क्रममा १८ वर्षको गणेशगज नामक हात्तीले थारुलाई आक्रमण गरेको हो । वरिष्ठ संरक्षण अधिकृत कँडेलले भन्नुभयो–‘हात्तीले पहिला सूँडले हानेर माउतेलाई पछार्‍यो, त्यसपछि किचेर मार्‍यो ।’

बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार थारुले २०७३ सालदेखि खड्गवारमा उक्त हात्तीको स्याहार गर्दै आउनुभएको थियो । बाँकेमा २०७३ सालमा यिनै थारुले गणेशगजलाई बर्दियाबाट लिएर आउनुभएको थियो । ‘हात्तीलाई मात चढ्यो भने आक्रमण गर्छ, केही दिन देखिहात्तीको मात चढेको सङ्केत देखिरहेको थियो,’ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत कँडेलले थप्नुभयो ‘मात चढेपछि रिसाउने र आक्रमण गर्ने सम्भावना हुन्छ ।’ हात्तीको आक्रमणबाट मृत्यु भएका थारुको शव नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा राखिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उहाँको शव पोस्टमार्टम पश्चात् परिवारलाई बुझाउने प्रहरीले जनाएको छ । माउते थारुलाई आक्रमण गर्ने हात्तीलाई अहिले नियन्त्रणमा राखिएको बाँके निकुञ्जले जनाएको छ । ‘हात्तीमा मात चढेको हुँदा यसलाई कन्ट्रोल गरेर मात्रै राख्न सक्छौँ,’ संरक्षण अधिकृत कँडेलले भन्नुभयो । गणेशगजले यसअघि पनि माउतेलाई आक्रमण गरेको तर त्यस बेला उनी जोगिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...