पत्रकार रजकका परिवारको मागप्रति प्रेस सेन्टरको ऐक्यबद्धता

Published on

काठमाडौँ । काठमाडौँको तीनकुनेमा भएको राजावादी आगजनीमा परी ज्यान गुमाउनुभएका पत्रकार सुरेश रजकको घरमा पुगेर प्रेस सेन्टरको नेतृत्वले रजकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । सेन्टरका नवनिर्वाचित अध्यक्ष कमल गिरीको नेतृत्वमा उपाध्यक्ष रामसिं ठगुन्ना र दिपक श्रेष्ठ, निवर्तमान महासचिव सन्तोष पौडेल र नवनिर्वाचित महासचिव मनोज घर्तीमगर सहितको टोली बिहीबार रजकको घरमा पुगेको हो । अध्यक्ष गिरीले रजकको मृत्यु नभएर हत्या भएको बताउँदै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने आफूहरूको माग रहेको प्रष्ट पार्नुभयो। रिपोर्टिङका क्रममा ‘अन द स्पोट’ ज्यान गएकोले रजकलाई सहिद घोषणा गर्नुपर्ने र घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने परिवारजनको माग छ। अध्यक्ष गिरीले आफूहरू परिवारजनको साथमा रहेको र रजकको न्यायका लागि संगठनको ऐक्यबद्धता रहने बताउनुभयो।उक्त अवसरमा सेन्टरले १० हजार रुपियाँ सहयोग समेत गरेको छ।

ताजा समाचार

यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड हो : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड रहेको बताउनुभएको छ...

खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला होः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले खेलकुद क्षेत्र कुनै पनि राष्ट्रको पहिचान र गौरवको आधारशिला...

नागरिकले नि:शुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी विवरण सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले निःशुल्क रुपमा प्राप्त गर्ने सेवाहरुबारेको विवरण सार्वजनिक...

व्यास नगरपालिकाद्वारा गौरवका योजना कार्यान्वयनमा

काठमाडौँ । तनहुँको व्यास नगरपालिकाले छनोट गौरवका आयोजनालाई कार्यान्वयनमा ल्याउन थालेको छ । आन्तरिक...