रगत सङ्कलन घट्दा नवलपुरमा रगत अभाव

Published on

काठमाडौँ । नवलपरासी पूर्व (नवलपुरमा) रहेको नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाले सञ्चालन गरेको नवलपुर रक्तसञ्चार केन्द्रमा मौज्दात रगतको कमी भएको छ । पछिल्ला दिनहरूमा रक्तदान कार्यक्रम कम भएको र आयोजित रक्तदान कार्यक्रममा समेत कम मात्रामा रगत सङ्कलन हुने गरेको रेडक्रस कावासोती उपशाखाका अध्यक्ष बाबुराम कँडेलले बताउनुभयो । वैदेशिक रोजगारीका सिलसिलामा युवाहरू विदेश पलायन हुँदा समेत रगत सङ्कलनमा कमी भएको अध्यक्ष कँडेलले बताउनुभयो । पछिल्ला दिनमा रक्तदानका कार्यक्रमहरू समेत कम हुँदै गएको र रक्तदान कार्यक्रममा रगत सङ्कलन न्यून मात्रामा हुने गरेका कारण पनि रगतको अभाव देखिएको कँडेलको भनाइ छ । देशमा ज्येष्ठ नागरिकहरू रहने र युवाहरू विदेश जाँदा रगत सङ्कलनमा कमी भएको कँडेलले बताउनुभयो । “देशमा बिरामी ,ज्येष्ठ नागरिकहरू धेरै हुन थाले, रक्तदान गर्ने उमेर समूहका युवाहरू विदेश छन्, यसले समेत रगतको अभाव हुँदै गएको देखिन्छ,” अध्यक्ष कँडेलले भन्नुभयो ।

विगतमा नवलपुरमा मासिक करिब तीस युनिटसम्म रगत खपत हुँदै आएकोमा पछिल्लो समय यहाँ एक सय पचास युनिटसम्म रगत खपत हुन लागेको अध्यक्ष कँडेलले बताउनुभयो । यस कारणले नवलपुरमा मात्र रगत पु¥याउन समेत गाह्रो भएको उहाँले बताउनुभयो । विगतमा यहाँबाट चितवनका अस्पतालमा उपचाररत बिरामीलाई समेत रगत पुर्‍याउँदै आएकोमा अहिले रगतको अभाव हुँदै गएको उहाँको भनाइ छ । रगतको कमी हुँदा बिरामीलाई आवश्यक मात्रामा रगत उपलब्ध गराउन सक्ने अवस्था नभएको अध्यक्ष कँडेलले बताउनुभयो । “कुनैपनी बिरामीलाई रगत चाहिए एक युनिटसम्म तत्कालका लागि त दिँदै आएका छौँ तर थप चाहिँदा रक्तदान गर्ने मान्छे खोज्नु है भन्नु परेको छ,” अध्यक्ष कँडेलले भन्नुभयो । गत वर्ष २ हजार नौ युनिट रगत सङ्कलन भएको अध्यक्ष कँडेलले बताउनुभयो । यो वर्ष तीन हजार पाँच सय युनिट रगत सङ्कलन नगरे आवश्यकता अनुसार पुर्‍याउन नसकिने उहाँले बताउनुभयो ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...