रगत सङ्कलन घट्दा नवलपुरमा रगत अभाव

Published on

काठमाडौँ । नवलपरासी पूर्व (नवलपुरमा) रहेको नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाले सञ्चालन गरेको नवलपुर रक्तसञ्चार केन्द्रमा मौज्दात रगतको कमी भएको छ । पछिल्ला दिनहरूमा रक्तदान कार्यक्रम कम भएको र आयोजित रक्तदान कार्यक्रममा समेत कम मात्रामा रगत सङ्कलन हुने गरेको रेडक्रस कावासोती उपशाखाका अध्यक्ष बाबुराम कँडेलले बताउनुभयो । वैदेशिक रोजगारीका सिलसिलामा युवाहरू विदेश पलायन हुँदा समेत रगत सङ्कलनमा कमी भएको अध्यक्ष कँडेलले बताउनुभयो । पछिल्ला दिनमा रक्तदानका कार्यक्रमहरू समेत कम हुँदै गएको र रक्तदान कार्यक्रममा रगत सङ्कलन न्यून मात्रामा हुने गरेका कारण पनि रगतको अभाव देखिएको कँडेलको भनाइ छ । देशमा ज्येष्ठ नागरिकहरू रहने र युवाहरू विदेश जाँदा रगत सङ्कलनमा कमी भएको कँडेलले बताउनुभयो । “देशमा बिरामी ,ज्येष्ठ नागरिकहरू धेरै हुन थाले, रक्तदान गर्ने उमेर समूहका युवाहरू विदेश छन्, यसले समेत रगतको अभाव हुँदै गएको देखिन्छ,” अध्यक्ष कँडेलले भन्नुभयो ।

विगतमा नवलपुरमा मासिक करिब तीस युनिटसम्म रगत खपत हुँदै आएकोमा पछिल्लो समय यहाँ एक सय पचास युनिटसम्म रगत खपत हुन लागेको अध्यक्ष कँडेलले बताउनुभयो । यस कारणले नवलपुरमा मात्र रगत पु¥याउन समेत गाह्रो भएको उहाँले बताउनुभयो । विगतमा यहाँबाट चितवनका अस्पतालमा उपचाररत बिरामीलाई समेत रगत पुर्‍याउँदै आएकोमा अहिले रगतको अभाव हुँदै गएको उहाँको भनाइ छ । रगतको कमी हुँदा बिरामीलाई आवश्यक मात्रामा रगत उपलब्ध गराउन सक्ने अवस्था नभएको अध्यक्ष कँडेलले बताउनुभयो । “कुनैपनी बिरामीलाई रगत चाहिए एक युनिटसम्म तत्कालका लागि त दिँदै आएका छौँ तर थप चाहिँदा रक्तदान गर्ने मान्छे खोज्नु है भन्नु परेको छ,” अध्यक्ष कँडेलले भन्नुभयो । गत वर्ष २ हजार नौ युनिट रगत सङ्कलन भएको अध्यक्ष कँडेलले बताउनुभयो । यो वर्ष तीन हजार पाँच सय युनिट रगत सङ्कलन नगरे आवश्यकता अनुसार पुर्‍याउन नसकिने उहाँले बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...