असल व्यवहार गरेर सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले असल व्यवहार गरेर सेवा प्रवाह सुधार गर्न निर्देशन दिनुभएको छ । मुलुकभरमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समिति र मन्त्रालयका विभागीय प्रमुखहरुसितको भर्जुवल बैठकमा बोल्दै मन्त्री लेखकले सेवा प्रवाहसित असल व्यवहार, बानी र बचनसित जोडिएको धारणा राख्नुभयो । “ सेवा प्रवाहको विषय असल बचनसित पनि जोडिएको हुन्छ ।” गृहमन्त्री लेखकले भन्नुभयो–“सेवाग्राहीहरुसित असल व्यवहार, नम्र र शिष्ट रुपमा प्रस्तुत हुन थप बजेट आवश्यक पर्दैन् ।”

उहाँले सिमित स्रोतसाधन, जनशक्ति र भौतिक पुर्वाधारको अभावका बिच पनि काम गर्नुपरेको बताउनुभयो । “सेवा प्रवाह सुधारको विषय पहिलो नम्बरमा राखेर काम गर्नुपर्छ ।” उहाँले भन्नुभयो–“अरुको सेवा प्रवाहको अनुगमन गर्ने दायित्व पनि हाम्रो हो ।” कार्यसम्पादनमा ध्यान दिन आग्रह गर्दै उहाँले सेवा प्रवाह सुधारका साथै हेल्प डेस्क र टोकन प्रणाली लागू गर्नेमा जोड दिनुहोला ।” सेवाग्राहीलाई सन्तुष्ट बनाएर पठाउनु आजको आवश्यकता रहेको मन्त्री लेखकको भनाई थियो । बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी, विभिन्न विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीले धारणा राख्नुभएको थियो ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...