ओखलढुङ्गामा चट्याङले पाँच जना घाइते

Published on

काठमाडौँ । ओखलढुङ्गाको लिखु गाउँपालिकामा चट्याङ लागेर पाँच जना घाइते भएका छन् । लिखु गाउँपालिका–५ मझुवाका ४६ वर्षका हर्क श्रेष्ठ, केशरी सुनुवार, कृष्णमाया सुनुवार विष्णुमाया सुनुवार र भोजबहादुर सुनुवार चट्याङ लागेर घाइते हुनुभएको हो । उहाँहरूको टाउको हातखुट्टा, घाँटी, ढाँड र कम्मरमा सामान्य चोट लागेको स्थानीय शिव सुनुवारले जानकारी दिनुभयो । घाइते सबैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको लिखु गाउँपालिकाका प्रवक्ता तथा वडा नंं. ५ का वडाध्यक्ष मोहन कार्कीले बताउनुभयो । चट्याङले सोही गाउँका ५० घरधुरीको विद्युत् मिटर बक्स र वायरिङमा क्षति गरेको छ । क्षतिको एकिन विवरण आउने क्रममा रहेको प्रवक्ता कार्कीले बताउनुभयो । लिखुमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...