सांस्कृतिक र राजनीतिक रुपमा नेपाल भारतसम्बन्ध महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिं

Published on

काठमाडौँ । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल भारतसम्बन्ध विशिष्ट प्रकारको रहेको बताउनुभएको छ । नेपाल–भारत मैत्री संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले नेपाल र भारतसम्बन्ध जनस्तरमै रहेको बताउनुभयो । मैत्री संघले दुई देशबिच जनस्तरमा सम्बन्ध बनाउन र नेपाल भारत सम्बन्ध सुमधुर बनाउन भूमिका खेलेको भन्दै प्रशंसा पनि गर्नुभयो । ‘‘धार्मिक, सांस्कृति पक्षबाट मात्र नभइकन राजनीतिक रुपमा राजनीतिक क्षेत्रबाट पनि सम्बन्ध रहेको कुरा तपाई हामीले सबैले बुझेकै कुरा हो । नेपाल र भारतमा खासगरि बहुसङ्ख्यक जनता हिन्दु छन् । त्यतीमात्र नभइकन गौतम बुद्ध लुम्बिनीमा जन्मनुभयो । पछि ज्ञान प्राप्त भएपछि गयादेखि सारनाथसम्म गएर प्रवचन दिनुभयो । धर्मका आधारमा हेर्ने हो भने पनि नेपाल र भारतमा हिन्दु र बौद्धको उत्तिकै महत्त्व छ,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो । उहाँले धेरै अगाडिदेखिनै नेपाल भारतबिच विवाहवारी समेत चल्ने गरेको पनि बताउनुभयो ।

धार्मिक, सांस्कृतिक र राजनीतिक रुपमा नेपाल भारतसम्बन्ध महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ । विगतमा भारतीय स्वतन्त्रता संग्राम हुँदा भारतका नेताहरु नेपालमा आएको र प्रजातन्त्र प्राप्तिको आन्दोलनका बेला नेपाली नेताहरु भारत प्रवासमा गएको पनि सिंहले स्मरण गर्नुभयो । नेपाल र भारत दुबै देशमा बहुसङ्ख्यक नागरिक हिन्दु धर्मावलम्बी रहेको र नेपालमा जन्मिएका बुद्धले भारतमा प्रवचन दिएको भन्दै उहाँले हिन्दु र बुद्धिजमको महत्व ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । धार्मिक र सांस्कृतिक रुपमा दुई देशबिच गहिरो सम्बन्ध रहेको पनि उपप्रधानमन्त्री सिंहले बताउनुभयो । नेपालमा २०११ सालमा स्थापना भएको नेपाल भारतसम्बन्ध जनस्तरमा सुमधुर बनाउन मैत्री संघले लामो समयदेखि भूमिका निर्वाह गरेको भन्दै उपप्रधानमन्त्री सिंहले प्रशंसा पनि गर्नुभयो ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...