समाचार कक्षलाई समावेशी बनाउनु पर्छ : अध्यक्ष लम्साल

Published on

काठमाडौँ । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले समाचार कक्षहरू समावेशी हुनुपर्ने बताउनुभएको छ । लम्सालले पत्रकारिता क्षेत्र समावेशिता र सहभागीताको मूल आधार बन्नुपर्ने धारणा राख्नुभयो । समावेशी पत्रकारिता नहुन्जेल लोकतान्त्रिक संचार प्रणाली सुदृढ नहुने उहाँको भनाइ थियो । फोनिजको आठौँ महाधिवेशनअन्तर्गत लुम्बिनीमा आयोजित उद्घाटन सत्रमा बोल्दै अध्यक्ष लम्सालले यस्तो धारणा राख्नुभएको हो । मातृभाषामा प्रकाशित समाचारपत्र र तिनमा कार्यरत पत्रकारहरूको वृत्ति विकासका लागि राज्यले विशेष योजना ल्याउनुपर्नेमा अध्यक्ष लम्सालले जोड दिनुभयो । ‘‘राज्यले अध्ययन भ्रमण, तालिम र क्षमता विकासमा लगानी गर्नुपर्छ,’’ उहाँले भन्नुभयो ।

साना लगानीमा सञ्चालित स्वरोजगारमूलक सञ्चार माध्यमहरूलाई सरकारले संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष लम्सालले मुलुकको लोकतान्त्रिक परिवर्तनमा पत्रकारहरूको योगदान उल्लेखनीय रहेको बताउनुभयो । “राजाको शासन टिकेन, सत्ताहरू टिकेनन्, जब पत्रकारको आवाज दबाउन खोजियो। त्यसैले आज पनि पत्रकारलाई समाचार लेखेकै आधारमा थुन्ने, सञ्चारमाध्यम बन्द गर्ने प्रयासहरु सह्य हुँदैनन्,” उहाँले भन्नुभयो । उद्घाटन सत्रमा देशभरबाट आएका पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको छ । फोनिजको आठौँ महाधिवेशनले नेपाली पत्रकारितामा नयाँ दिशा र ऊर्जा दिने अपेक्षा गरिएको छ।

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...