खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला होः गृहमन्त्री लेखक

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले खेलकुद क्षेत्र कुनै पनि राष्ट्रको पहिचान र गौरवको आधारशिला भएको बताउनुभएको छ । शुक्रबार साझ सशस्त्र प्रहरी बलद्वारा आयोजित प्रथम ‘एपीएफ–महिन्द्रा स्पोर्टस अवार्ड–२०८१’ कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले खेलकुदले केवल शारीरिक व्यायाम, मनोरञ्जनको माध्यम मात्र नभई समाजमा एकता, अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावनालाई पनि प्रोत्साहन गर्ने गरेको धारणा राख्नुभयो । खेलकुदले व्यक्तिलाई आत्मविश्वास प्रदान गर्नुका साथै देशको नाम अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने अवसर पनि भएको भन्दै उहाँले मुलुक खेलकुदको माध्यमबाट विश्वसामु आफ्नो पहिचान स्थापित गर्न सक्ष्म रहेको बताउनुभयो ।

“सशस्त्र प्रहरी बल, नेपालले आफ्नो स्थापनाकालदेखि नै देशको सुरक्षा र शान्ति कायम गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।” गृहमन्त्री लेखकले भन्नुभयो–“ तर, त्यति मात्र नभई खेलकुदको क्षेत्रमा पनि यो संगठनले आफ्नो छुट्टै पहिचान बनाएको छ, एपीएफ क्लबले फुटबल, भलिबल, क्रिकेट एथलेटिक्स, मार्सल आट्र्स लगायत विभिन्न खेलहरूमा प्रदर्शन गरेको उत्कृष्टताले हामीलाई गर्वको अनुभूति गराएको छ ।” “यस्ता उपलब्धिहरूले हाम्रा खेलाडीहरूलाई मात्र नभई सम्पूर्ण देशवासीलाई प्रेरणा प्रदान गरेको छ ।” मन्त्री लेखकले भन्नुभयो–“ निजी क्षेत्र र सुरक्षा निकायबीचको साझेदारीले खेलकुदको विकासमा नयाँ आयाम थप्नुका साथै अन्य क्षेत्रहरूका लागि पनि प्रेरणाको स्रोत बन्न सक्छ ।”

सम्मानित हुने सबै खेलाडी, प्रशिक्षक र खेलकुदमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई हार्दिक बधाई समेत ज्ञापन गर्नुभयो । “ यहाँहरूको सफलता हाम्रो साझा गर्व हो । यहाँहरूले देखाएको बाटोले नयाँ पुस्ताका खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रस्फुरण गर्ने हौसला प्रदान गर्नेछ ।” उहाँले भन्नुभयो–“ यो समारोहले खेलकुदमा नयाँ प्रतिभाहरूलाई प्रोत्साहन गर्न, उनीहरूको क्षमता उजागर गर्न र उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ ।”

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...