मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह बदावीको निधन

Published on

काठमाडौँ । मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भएको उहाँको परिवारले जनाएको छ । अब्दुल्लाहले आफ्ना पूर्ववर्ती महाथिर मोहम्मदबाट पदभार ग्रहण गरेपछि सुधारको वाचा गर्नुभएको थियो तर कमजोर नेतृत्वका लागि उहाँको आलोचना गरिएको थियो । पचासी वर्षीय वृद्ध अब्दुल्लाहको लामो समयसम्म बिरामी रहेपछि सोमबार अस्पतालमा निधन भएको हो । राजकीय सम्मानका साथ मङ्गलबार उहाँको अन्त्येष्टि गरिनेछ । स्नेहपूर्वक ‘पाक लाह’ वा काका लाह भनेर चिनिने अब्दुल्लाह सन् २००३ मा प्रधानमन्त्री बन्नुभयो र २२ वर्ष सत्तामा रहेपछि राजीनामा दिनुभएका तीक्ष्ण वाक्पटुता अधिनायकवादी नेता महाथिरको उत्तराधिकारी बन्नुभयो ।

उहाँले सन् २००९ सम्म मलेसियाको पाँचौँ प्रधानमन्त्रीको रूपमा सेवा गर्नुभयो । उहाँ आम चुनावमा उहाँको सत्तारूढ गठबन्धनको खराब प्रदर्शन र महाथिरको अथक आलोचनापछि पछि हट्न बाध्य हुनुभयो । मध्यमार्गी, पितृतुल्य अब्दुल्लाह आफ्नो प्रभावशाली पूर्ववर्तीको तुलनामा एकदम भिन्न हुनुहुन्थ्यो । धेरैले अधिनायकवादी शासनबाट बृहत्तर स्वतन्त्रतामा सङ्क्रमणलाई उत्साहित गरे र यसले अब्दुल्लाहलाई सन् २००४ को चुनावमा आफ्नो नेसनल फ्रन्ट गठबन्धनलाई ठूलो विजय दिलाउन मद्दत गर्‍यो । तर उहाँलाई कमजोर नेताका रूपमा हेर्नेहरू पनि थिए । आफ्नो कार्यकाल समाप्त भएपछि अब्दुल्लाहले लो प्रोफाइल कायम राख्नुभयो । प्रधानमन्त्री अनवर इब्राहिमले अब्दुल्लालाई ‘मलेसियाको सत्ताको राजनीतिमा नयाँ कथा जगाउने महान आत्मा भएको व्यक्ति’ का रूपमा श्रद्धाञ्जलि दिनुभयो । रासस/एएफपी

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...