गाजामा चरम मानवीय सङ्कट सम्भवतः सबैभन्दा खराब

Published on

काठमाडौँ । मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र सङ्घको कार्यालय (ओसिएचए)ले सोमबार गाजाको मानवीय अवस्था सन् २०२३ अक्टोबरमा घेराबन्दी गरिएको इलाकामा इजरायली आक्रमण सुरू भएदेखि मानवीय सहायतामा निरन्तर नाकाबन्दीबिच ‘सम्भवतः सबैभन्दा खराब’ भएको बताएको छ । आफ्नो पछिल्लो बयानमा ओसिएचएले डेढ महिनादेखि कुनै पनि सहायता ढुवानी गाजामा प्रवेश नगरेको कुरा प्रकाश पार्दै भनेको छ, “युद्ध सुरु भएदेखि विगत १८ महिनामा मानवीय अवस्था सम्भवतः सबैभन्दा खराब भएको छ ।” इजरायलले मार्च २ देखि मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ र गाजामा प्रवेश गर्ने सबै सीमा बन्द गरेको छ । दुई महिनाको युद्धविरामपछि मार्च १८ मा सैन्य कारबाही पुनः सुरु भएको छ । ओसिएचएले क्रसिङहरू बन्द र आन्तरिक आवागमन प्रतिबन्धका कारण आपूर्तिको गम्भीर अभावले अधिकारीहरूलाई मापन र रासन सहायता वितरण गर्न बाध्य पारेको पनि उल्लेख गरेको छ । रासस/क्युएनए

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...