अन्तर्राष्ट्रिय जुडो बिहीबारदेखि

Published on

काठमाडौँ । नेपाल खेलकुद महासङ्घ (नेकोस) तथा राष्ट्रिय जुडो सङ्घ नेपालको संयुक्त आयोजनामा सातौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालका विभिन्न जिल्ला, क्लब, भुटान र थाइल्यान्डका दुई सय ५० खेलाडीको सहभागिता रहने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय जुडो सङ्घ नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुषमा १२ र महिलामा ११ स्पर्धामा २१ वर्षमुनिका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसमा वैशाख ४ गते ११ तथा बैशाख ५ गते १२ स्पर्धाको फाइनल हुनेछ ।

सोही प्रतियोगिताका दौरान नेकोस र राष्ट्रिय जुडो सङ्घसहित नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो सङ्घको संयुक्त आयोजनामा प्रथम पारा जुडो प्रतियोगिता पनि हुनेछ । पुरुषमा ६० केजीमुनि तथा महिलामा ५२ केजीमुनि तौलसमूहमा खेल खेलाइने छ । यसै प्रतियोगितामा समावेश स्पर्धाबाट जापानमा नोभेम्बरमा हुने डेफ ओलम्पिकमा सहभागी हुने खेलाडीको छनोट गरिने पनि अध्यक्ष श्रेष्ठले बताउनुभयो। दुईदिने प्रतियोगिताका खेलहरु खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा खेलाइने छ । पत्रकार सम्मेलनमा २००८ को बेइजिङदेखि २०२० को टोकियासम्म लगातार चार ओलम्पिक खेल्नुभएकी तथा विश्व जुडो च्याम्पियनसिपमा दुई कांस्य जित्न सफल अस्ट्रियाकी सब्रिना फिल्मोसरको पनि उपस्थिति रहेको थियो ।

spot_img

ताजा समाचार

मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड...

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...