बार्सिलोना र पिएसजी सेमिफाइनलमा

Published on

काठमाडौँ । स्पेनिस पावर हाउस बार्सिलोना र फ्रेन्च महारथि पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार राति भएको दोस्रो लेगमा बार्सिलोनाले बोरुसिया डर्टमन्डलाई समग्रमा ५–३ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । बार्सिलोना पहिलो लेगमा ४–० गोलले विजयी भएपनि दोस्रो लेगमा मङ्गलबार राति ३–१ गोलले पछि परेको थियो । तर पहिलो लेगको जितले बार्सिलोनालाई राहत मिल्यो । यससँगै बार्सिलोना सन् २०१९ पछि च्याम्पियन्स लिगको अन्तिम चारमा पुग्न सफल भयो । डर्टमन्डलाई जिताउन सेरहो गुइरासीले ह्याट्रिक गर्नुभयो । बार्सिलोनाले डर्टमन्डका रामी बेन्सेबाइनीको आत्माघाती गोल सान्त्वना पाएको थियो । यस्तै अर्को खेलमा पिएसजीले एस्टन भिल्लालाई समग्रमा ५–४ गोलले हराउँदै अन्तिम चारमा स्थान बनायो । पहिलो लेगमा ३–१ गोलले पराजित भएको एस्टन भिल्ला घरेलु मैदानमा भएको दोस्रो लेगमा ३–१ ले विजयी भएपनि हार टार्न सकेन । सेमिफाइनलमा पिएसजीले रियल म्याड्रिड र आर्सनलको विजेतासँग खेल्नेछ। बार्सिलोनाले इन्टर मिलान र बार्यन म्युनिखबिचको विजेतासँग खेल्नेछ। एजेन्सी

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...