बार्सिलोना र पिएसजी सेमिफाइनलमा

Published on

काठमाडौँ । स्पेनिस पावर हाउस बार्सिलोना र फ्रेन्च महारथि पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार राति भएको दोस्रो लेगमा बार्सिलोनाले बोरुसिया डर्टमन्डलाई समग्रमा ५–३ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । बार्सिलोना पहिलो लेगमा ४–० गोलले विजयी भएपनि दोस्रो लेगमा मङ्गलबार राति ३–१ गोलले पछि परेको थियो । तर पहिलो लेगको जितले बार्सिलोनालाई राहत मिल्यो । यससँगै बार्सिलोना सन् २०१९ पछि च्याम्पियन्स लिगको अन्तिम चारमा पुग्न सफल भयो । डर्टमन्डलाई जिताउन सेरहो गुइरासीले ह्याट्रिक गर्नुभयो । बार्सिलोनाले डर्टमन्डका रामी बेन्सेबाइनीको आत्माघाती गोल सान्त्वना पाएको थियो । यस्तै अर्को खेलमा पिएसजीले एस्टन भिल्लालाई समग्रमा ५–४ गोलले हराउँदै अन्तिम चारमा स्थान बनायो । पहिलो लेगमा ३–१ गोलले पराजित भएको एस्टन भिल्ला घरेलु मैदानमा भएको दोस्रो लेगमा ३–१ ले विजयी भएपनि हार टार्न सकेन । सेमिफाइनलमा पिएसजीले रियल म्याड्रिड र आर्सनलको विजेतासँग खेल्नेछ। बार्सिलोनाले इन्टर मिलान र बार्यन म्युनिखबिचको विजेतासँग खेल्नेछ। एजेन्सी

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...