विपद्बाट क्षतिग्रस्त रोशीमा विस्तृत क्षति आँकलन सुरुवातः गृहमन्त्री लेखक

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवासहरुको विस्तृत क्षति आँकलनको औपचारिक सुरुवात काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाबाट बुधबार सुरु गर्नुभएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण र रोशी गाउँपालिकाको संयुक्त आयोजनामा रोशी गाउँपालिका– २ नारायणटारमा आयोजित कार्यक्रममा प्रभावित परिवारको लगत संकलन कार्यक्रम सम्पन्न निस्सा वितरण गर्दै गृहमन्त्री लेखकले नागरिकको निजी आवास पुनःनिर्माणको काम सुरु भएको बताउनुभयो । गत असोजको दोस्रो सातामा गएको बाढीपहिरोले मुलुकका विभिन्न ठाउँमा क्षति पुर्‍याएकोमा अब त्यसको पुननिर्माण गर्ने काम द्रुत गतिमा सुरु भएको उहाँको भनाई छ ।

“ मनसुनजन्य विपद्बाट निजी घरहरुको क्षति भएको छ, हामी त्यसको पुनःनिर्माणको काम सुरु गर्दैछौं ।” उहाँले भन्नुभयो,–“आजदेखि काभ्रेजिल्लाभरी क्षति भएको घरहरुको विस्तृत क्षति आकलन गर्ने काम प्रारम्भ भएको छ ।” सो क्रममा पूर्ण रुपमा क्षति भएका घरको पुनःनिर्माण गर्ने र आंशिक रुपमा क्षति भएको घरको प्रवलीकरण (मर्मतसंभार पुननिर्माण) गर्ने कार्य प्रारम्भ गर्ने भनेर आफुहरु रोशी आइपुगेको लेखकको भनाई थियो । बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित भएको जिल्ला काभ्रेपलाञ्चोक र त्यसमा पनि रोशी गाउँपालिका बढी प्रभावित क्षेत्र भएकाले विस्तृत क्षतिको आँकलन यहीबाट सुरुवात गरेको गृहमन्त्री लेखकले बताउनुभयो ।

“अब काभ्रेपलाञ्चोक जिल्लासंगै असोजमा भएको मनसुनजन्य विपद्बाट क्षति पुगेका अन्य जिल्लाहरुको क्षतिग्रस्त निजीहरु घरहरुको विस्तृत क्षतिको आँकलन गर्ने कामको प्रारम्भव गर्ने भएको छ ।” उहाँले भन्नुभयो–“ बजेटको व्यवस्थापन, कानून, नीति निर्देशिकाहरु परिवर्तन गर्नुपर्ने र प्रारम्भिक क्षतिको विवरण भर्ने काममा ढिलाई भएको कारण विस्तृत क्षतिको आँकलन गर्ने काममा ढिलाइ भएको हो ।” उहाँले क्षतिको आकलन सम्पन्न भएसंगै अब छिट्टै पुननिर्माणको काम समेत प्रारम्भ हुने उहाँले बताउनुभयो । जसमा अस्थायी आवास निर्माण गर्न दूई चरणमा गरी रु २५ हजारका दरले रकम उपलब्ध गराउने र स्थायी घर निर्माणका लागि प्रति घर रु. चार लाख रुपैयाँ उपलब्ध गराइने जानकारी दिनुभयो ।

अस्थायी घर निर्माणका लागि काभ्रेपलाञ्चोक जिल्लाको लागि सात करोड ३५ लाख रुपैयाँ रकम राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट बुधबार मात्रै रकम उपलब्ध गराईसकेको उहाँले जानकारी दिनुभयो । “अब सरकारबाट थालनी गरेको कामलाई ढिला नगरिकन तिब्रता दिनका लागि जनप्रतिनिधिहरुलाई आग्रह गर्छु ।” उहाँले भन्नुभयो–“ जसमा सबै तहका सरकार र सबै राजनीतिक दलहरु मिलेर अगाडी बढ्न आवश्यक पनि छ ।” गृहमन्त्री लेखकले सडक र पुलहरुको पुननिर्माणको लागि सम्बन्धीत मन्त्रालयहरुसंग समन्वय गरी काम अगाडी बढाउने बताउनुभएको छ । त्यस्तै क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माणको काम अगाडी बढिसकेकोमा वर्षामा पनि आवातजावत गर्न यातायात अवरुद्ध नहुने गरी काम भईरहेको उल्लेख गर्नुभयो ।

बाढीपहिरोबाट रोशी गाउँपालिकाको ५६३ निजीघरहरु क्षतिग्रस्त बनाएको गाउँपालिकाले जनाएको छ । क्षतिग्रस्त नागरिकको घर अस्थायी वा स्थायी निर्माण गर्नका लागि प्राधिकरणबाट रकम प्राप्त गर्न अनिवार्य रुपमा गाउँपालिका र प्राधिकरणबाट खटिएका प्राविधिकबाट विस्तृत क्षति आकलन गर्नुपर्ने प्रावधान रहेको छ । रोशी गाउँपालिकामा पालिका र प्राधिकरणबाट गरी १८ जना प्राविधिक जनशक्ति परिचालन भएको छ ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...