विद्यालयमा छ लाखको अक्षयकोष स्थापना

Published on

काठमाडौँ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका एक परिवारले दुई वटा विद्यालयमा छ लाख रुपियाँ बढीको अक्षयकोष स्थापना गर्नुभएको छ । मैवाखोला गाउँपालिका–३ साँघुका स्थानीय समाजसेवी भरतकुमार चोङ्बाङको परिवारले गाउँकै दुई वटा विद्यालयमा उक्त अक्षयकोष स्थापना गर्नुभएको हो । गाउँपालिका अध्यक्ष विययप्रकाश वनेमका अनुसार चोङ्बाङ परिवारले दुईवटा विद्यालयमा कुल छ लाख तीन हजार रुपियाँ बराबरको अक्षयकोष स्थापना गर्नुभएको हो । वडा ३ साँघुस्थित सरस्वती आधारभूत विद्यालय तेम्बेमा तीन लाख एक हजार ५०० रुपियाँ र वडा ४ को गङ्गा आधारभूत विद्यालय ताम्राङमा तीन लाख एक हजार ५०० रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।

स्वर्गीय बाबु पदमलाल चोङ्बाङ लिम्बू र स्वर्गीय आमा जसमति लिम्बूको स्मृतिमा चोङ्बाङ परिवारले विद्यालयमा अक्षयकोष स्थापना गर्नु भएको गाउँपालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो । चोङ्बाङले स्थापना गर्नुभएको अक्षयकोषले सम्बन्धित विद्यालयमा अध्ययनरत आर्थिक रुपले विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक उन्नतिमा सहयोग पुग्ने गाउँपालिकाले अपेक्षा राखेको छ । यता अक्षयकोष स्थापना गरेर शैक्षिक क्षेत्रका लागि योगदान पुर्‍याएको भन्दै मैवाखोला गाउँपालिकाले चोङ्बाङलाई सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष वनेमले समाजसेवी चोङ्बाङलाई कदरपत्रद्वारा सम्मान गर्नु भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले बताउनुभयो ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...