विद्यालयमा छ लाखको अक्षयकोष स्थापना

Published on

काठमाडौँ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका एक परिवारले दुई वटा विद्यालयमा छ लाख रुपियाँ बढीको अक्षयकोष स्थापना गर्नुभएको छ । मैवाखोला गाउँपालिका–३ साँघुका स्थानीय समाजसेवी भरतकुमार चोङ्बाङको परिवारले गाउँकै दुई वटा विद्यालयमा उक्त अक्षयकोष स्थापना गर्नुभएको हो । गाउँपालिका अध्यक्ष विययप्रकाश वनेमका अनुसार चोङ्बाङ परिवारले दुईवटा विद्यालयमा कुल छ लाख तीन हजार रुपियाँ बराबरको अक्षयकोष स्थापना गर्नुभएको हो । वडा ३ साँघुस्थित सरस्वती आधारभूत विद्यालय तेम्बेमा तीन लाख एक हजार ५०० रुपियाँ र वडा ४ को गङ्गा आधारभूत विद्यालय ताम्राङमा तीन लाख एक हजार ५०० रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।

स्वर्गीय बाबु पदमलाल चोङ्बाङ लिम्बू र स्वर्गीय आमा जसमति लिम्बूको स्मृतिमा चोङ्बाङ परिवारले विद्यालयमा अक्षयकोष स्थापना गर्नु भएको गाउँपालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो । चोङ्बाङले स्थापना गर्नुभएको अक्षयकोषले सम्बन्धित विद्यालयमा अध्ययनरत आर्थिक रुपले विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक उन्नतिमा सहयोग पुग्ने गाउँपालिकाले अपेक्षा राखेको छ । यता अक्षयकोष स्थापना गरेर शैक्षिक क्षेत्रका लागि योगदान पुर्‍याएको भन्दै मैवाखोला गाउँपालिकाले चोङ्बाङलाई सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष वनेमले समाजसेवी चोङ्बाङलाई कदरपत्रद्वारा सम्मान गर्नु भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले बताउनुभयो ।

spot_img

ताजा समाचार

मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड...

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...