माइक्रो बसले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु, १० घाइते

Published on

काठमाडौँ । डुम्रे–बेसीशहर सडकखण्ड अन्तर्गत तनहुँको भानु नगरपालिका–१०, नेपालीडाँडामा माइक्रोबस र स्कुटर ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। १० जना घाइते भएका छन्। आइतबार मध्यान्ह पौने १२ बजे तनहुँको डुम्रेबाट लमजुङतर्फ आइरहेको बा २ ख ४०२२ नम्बरको हाइस माइक्रोेबसले बेसीसहरबाट गइरहेको ग २६ प ४०५८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बेसीशहर ८ बस्ने अन्दाजी ३५ वर्षीय अनिता थापा श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा माइक्रोमा सवार मनाङको नासों गाउँपालिका ताचै स्थित जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घलेको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते घलेको सुन्दरबजार स्थित नमूना सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार स्कुटर चालक अन्दाजी ४० बर्षीय सुरेश श्रेष्ठ गम्भिर घाइते हुनुभएको छ। उहाँलाई भोटेवडार अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर लगिएको छ। घाइते ७ जनाको भोटेवडार अस्पतालमा उपचार भइरहेको र तीन जनालाई चितवन लगिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले जानकारी दिनुभयो। माइक्रोको चालक फरार रहेको र उहाँको खोजी भइरहेको प्रहरीले जनाएको छ। माइक्रोमा १७ जना सवार रहेका थिए। दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अन्य थप विवरण आउन बाँकी छ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...