पाँच सय कृषकको भागमा सात बोरा मल

Published on

काठमाडौँ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० का करिब पाँच सय कृषक व्यावसायिक तरकारी खेतीमा संलग्न छन् । वर्षैभरि तरकारी उत्पादन हुने पकेट क्षेत्रको रूपमा चिनिएको यस ठाउँमा मलको चरम अभाव रहेको छ । रामघाट कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णमोहन केवटले नगरपालिकाले हालै वितरण गरेको मलको कोटा अत्यन्त न्यून रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एक पटकमा सात बोरा डिएपी र युरिया अनी ४ बोरा पोटासको कोटा छ । तीनदेखि २२ कट्ठासम्म खेती गर्ने ५ सय कृषक छन् । यस्तो न्यून परिमाणमा मल आएपछि कसरी बाँड्ने रु बाँड्न नमिल्ने हिसाबले मल आउने हुँदा कृषकहरूबाट गाली खानुपर्छ ।” आइतबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरूको अनुगमन भ्रमणका क्रममा कृषकहरूले एक स्वरमा मल अभाव, सिँचाइको कठिनाइ र बजार व्यवस्थापनमा समस्या रहेको गुनासो गर्नुभयो । सिजनको समयमा भारतीय तरकारीको आयातले गर्दा स्थानीय उत्पादनको मूल्य घट्ने र लागत मूल्यभन्दा कममा बेच्नुपर्ने अवस्था आउँछ । हाल टमाटर र बन्दा गोभी बिक्रीमै समस्या भइरहेको समस्या समितिसँग राख्नुभयो ।

समितिका सदस्य वीरबहादुर बलायरले तीन रुपैयाँ केजीमा पनि तरकारी बिक्री नभएपछि बजार व्यवस्थापन गम्भीर समस्या देखिएको बताउनुभयो । “तरकारीको पकेट क्षेत्र भए पनि सिँचाइको व्यवस्था कमजोर छ । जमिनमुनिको पानीको सतह झर्दै गएकाले स्यालो ट्युबवेल जडान गर्न समेत कठिन भएको छ । यो विषयमा समितिको बैठकमा छलफल हुनेछ,” उहाले थप्नुभयो । प्रतिनिधिसभा सदस्य भानुभक्त जोशी, रञ्जिता श्रेष्ठ, रूपा सो.शी. (चौधरी), अनिता नेपाली, अशोक चौधरी, बिजुला रायमाझी, मिना तामाङ, सूर्यकुमारी श्रेष्ठ तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निर्देशक बैकुण्ठ अधिकारीसहितको टोलीले धान, तरकारी र माछा उत्पादन गर्ने कृषकहरूसँग प्रत्यक्ष भेटघाट गरी समस्या र उपलब्धिहरू सुन्नु भएको थियो ।

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...