प्रजातान्त्रिक आन्दोलनमा महिलाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री शाह

Published on

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रजातान्त्रिक आन्दोलनमा महिलाले महत्त्वपूर्ण भूमिका खेलेको चर्चा गर्नुभएको छ । नेपाल महिला सङ्घ कैलारी गाउँपालिकाले सोमबार टिसिएनमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान अवस्थामा हरेक क्षेत्रमा महिलाको सहभागिता बढिरहेको बताउनुभयो । मुख्यमन्त्री शाहले महिलालाई अगाडि बढाउन आवश्यक रहेको स्पष्ट पार्नुभयो । यसैगरी, उहाँले लोकतन्त्र संस्थागत गर्न पनि महिलाले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएको छ । प्रदेश सरकारले समावेशी लोकतान्त्रिक शासन व्यवस्थालाई अङ्गिकार गरेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, “प्रदेश सरकारले नीति तथा योजना आयोगको सदस्यमा जनजाति समुदायका महिलालाई अवसर प्रदान गरेको छ ।” नेपाल महिला सङ्घ कैलारी गाउँपालिकाका अध्यक्ष कृष्णा चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

spot_img

ताजा समाचार

मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड...

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...