वीर अस्पतालमा ‘कक्लियर इम्प्लान्ट’ सेवा सुरु

Published on

काठमाडौँ । वीर अस्पतालले कान नसुन्नेका लागि लक्षित गर्दै कक्लियर इम्प्लान्ट सेवा सुरु गरेको छ । अस्पतालका नाक, कान, घाँटीरोग विशेषज्ञ डा. दिपेन्द्र श्रेष्ठले विभिन्न कारणले सुनाइमा समस्या भएका व्यक्तिलाई लक्षित गर्दै यो सेवा सुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त उपकरण कानै नसुन्ने व्यक्तिलाई शल्यक्रिया मार्फत प्रत्यारोपण गरिन्छ । अस्पतालले उक्त उपकरण आधा मूल्यमा प्रत्यारोपण गरेको उहाँले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “सामान्यतय यो उपकरणको साढे १२ लाख मूल्य पर्छ । तर सरकारले यसको खरिदमा ५० प्रतिशत अनुदान दिएकोले बिरामीले छ लाखमा नै कान सुन्न सक्ने उपकरण प्रत्यारोपण गर्न सक्छन् ।” साथै अस्पतालले शल्यक्रियाद्वारा उक्त उपकरण प्रत्यारोपण गरेपछि ५० हजार बराबरको स्पिच थेरापी सेवा निःशुल्क व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । यसअघि सरकारी अस्पतालमा कक्लियर इम्प्लान्ट सेवा त्रिवि शिक्षण अस्पतालमात्रै उपलब्ध थियो ।

कस्तो अवस्थामा कक्लिअर इम्प्लान्ट राख्नुपर्छ

मानिसको कानभित्र कक्लिया हुन्छ जसको माध्यमबाट मानिसले अरुले भनेको कुरा सुन्ने गर्छन् । कक्लिया बिग्रिएमा विस्तारै श्रवणशक्ति हराउँदै गएर कानै नसुन्ने गराउँछ । डा.श्रेष्ठका अनुसार कक्लिया विभिन्न कारणले बिग्रने गर्छ । यस्तो समस्या जन्मजात, वंशाणुगत कारण हुने उहाँको भनाइ छ । जन्मजात कक्लिया राम्रोसँग शिशुको विकास नभएर, कतिपय अवस्थामा विभिन्न खालका सङ्क्रमणले कक्लियामा समस्या आउने डा. श्रेष्ठ बताउनुहुन्छ । बच्चामा अक्सिजनको मात्रा नपुगेमा पनि यस्तो समस्या निम्तने उहाँको भनाइ छ । त्यसैगरी, अत्याधिक ज्वरो आउने, मेनेन्जाइटिस हुने, रुबेला, हाँडेका कारणले कक्लियामा क्षति पुग्ने उहाँको भनाइ छ । कक्लियामा क्षति पुगेमा दीर्घ रुपमा कान नसुन्ने समस्या निम्तने उहाँ बताउनुहुन्छ । दीर्घ रुपमा काम नसुन्ने समस्याको एकमात्र विकल्प कक्लियर इम्प्लान्ट हो ।

यसले कसरी काम गर्छ
कक्लियर इम्प्लान्ट यदि कुनै पनि उपकरणले काम गरेन भने अन्तिम अवस्थामा श्रवणशक्ति फर्काउन प्रयोग गरिन्छ । उहाँ भन्नुहुन्छ, “कानका संयन्त्रले काम नगरेको अवस्थामा र श्रवण यन्त्रले पनि सुनाइ फर्काउन नसकेको अवस्थामा कोक्लियर इम्प्लान्ट गर्नुपर्छ ।” यो उपकरण शल्यक्रिया गरेर कानको भित्रि भागमा जडान गरिन्छ । यो डिभाइस जडान गरिसकेपछि बाहिरबाट आएको आवज ब्रेनसम्म पुर्‍याउने काम गर्छ । उहाँ भन्नुहुन्छ, “कक्लियाले बाहिरी कानबाट भित्र जाने मेकानिकल इनर्जीलाई इलेक्ट्रोनिक्स इनर्जीमा बदलेर ब्रेनमा पुर्‍याउँछ ।” कोक्लियर इम्प्लान्ट कानको शल्यक्रिया गरी प्रत्यारोपण गरिन्छ । यो शल्यक्रिया पश्चात प्रत्यारोपण गरिएको कक्लिअर मेसिनले ठिकसँग सुनियोस् भनेर ५० हजार बराबरको स्पिच थेरापी निःशुल्क दिइने व्यवस्था गरेको उहाँको भनाइ छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...