वीर अस्पतालमा ‘कक्लियर इम्प्लान्ट’ सेवा सुरु

Published on

काठमाडौँ । वीर अस्पतालले कान नसुन्नेका लागि लक्षित गर्दै कक्लियर इम्प्लान्ट सेवा सुरु गरेको छ । अस्पतालका नाक, कान, घाँटीरोग विशेषज्ञ डा. दिपेन्द्र श्रेष्ठले विभिन्न कारणले सुनाइमा समस्या भएका व्यक्तिलाई लक्षित गर्दै यो सेवा सुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त उपकरण कानै नसुन्ने व्यक्तिलाई शल्यक्रिया मार्फत प्रत्यारोपण गरिन्छ । अस्पतालले उक्त उपकरण आधा मूल्यमा प्रत्यारोपण गरेको उहाँले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “सामान्यतय यो उपकरणको साढे १२ लाख मूल्य पर्छ । तर सरकारले यसको खरिदमा ५० प्रतिशत अनुदान दिएकोले बिरामीले छ लाखमा नै कान सुन्न सक्ने उपकरण प्रत्यारोपण गर्न सक्छन् ।” साथै अस्पतालले शल्यक्रियाद्वारा उक्त उपकरण प्रत्यारोपण गरेपछि ५० हजार बराबरको स्पिच थेरापी सेवा निःशुल्क व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । यसअघि सरकारी अस्पतालमा कक्लियर इम्प्लान्ट सेवा त्रिवि शिक्षण अस्पतालमात्रै उपलब्ध थियो ।

कस्तो अवस्थामा कक्लिअर इम्प्लान्ट राख्नुपर्छ

मानिसको कानभित्र कक्लिया हुन्छ जसको माध्यमबाट मानिसले अरुले भनेको कुरा सुन्ने गर्छन् । कक्लिया बिग्रिएमा विस्तारै श्रवणशक्ति हराउँदै गएर कानै नसुन्ने गराउँछ । डा.श्रेष्ठका अनुसार कक्लिया विभिन्न कारणले बिग्रने गर्छ । यस्तो समस्या जन्मजात, वंशाणुगत कारण हुने उहाँको भनाइ छ । जन्मजात कक्लिया राम्रोसँग शिशुको विकास नभएर, कतिपय अवस्थामा विभिन्न खालका सङ्क्रमणले कक्लियामा समस्या आउने डा. श्रेष्ठ बताउनुहुन्छ । बच्चामा अक्सिजनको मात्रा नपुगेमा पनि यस्तो समस्या निम्तने उहाँको भनाइ छ । त्यसैगरी, अत्याधिक ज्वरो आउने, मेनेन्जाइटिस हुने, रुबेला, हाँडेका कारणले कक्लियामा क्षति पुग्ने उहाँको भनाइ छ । कक्लियामा क्षति पुगेमा दीर्घ रुपमा कान नसुन्ने समस्या निम्तने उहाँ बताउनुहुन्छ । दीर्घ रुपमा काम नसुन्ने समस्याको एकमात्र विकल्प कक्लियर इम्प्लान्ट हो ।

यसले कसरी काम गर्छ
कक्लियर इम्प्लान्ट यदि कुनै पनि उपकरणले काम गरेन भने अन्तिम अवस्थामा श्रवणशक्ति फर्काउन प्रयोग गरिन्छ । उहाँ भन्नुहुन्छ, “कानका संयन्त्रले काम नगरेको अवस्थामा र श्रवण यन्त्रले पनि सुनाइ फर्काउन नसकेको अवस्थामा कोक्लियर इम्प्लान्ट गर्नुपर्छ ।” यो उपकरण शल्यक्रिया गरेर कानको भित्रि भागमा जडान गरिन्छ । यो डिभाइस जडान गरिसकेपछि बाहिरबाट आएको आवज ब्रेनसम्म पुर्‍याउने काम गर्छ । उहाँ भन्नुहुन्छ, “कक्लियाले बाहिरी कानबाट भित्र जाने मेकानिकल इनर्जीलाई इलेक्ट्रोनिक्स इनर्जीमा बदलेर ब्रेनमा पुर्‍याउँछ ।” कोक्लियर इम्प्लान्ट कानको शल्यक्रिया गरी प्रत्यारोपण गरिन्छ । यो शल्यक्रिया पश्चात प्रत्यारोपण गरिएको कक्लिअर मेसिनले ठिकसँग सुनियोस् भनेर ५० हजार बराबरको स्पिच थेरापी निःशुल्क दिइने व्यवस्था गरेको उहाँको भनाइ छ ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...