शिक्षक आन्दोलनले विद्यार्थीको पठनपाठन प्रभावित

Published on

काठमाडौँ । शिक्षक अन्दोलनका कारण विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।गत चैत २० गतेदेखि शिक्षक आन्दोलनकै कारण हुम्लामा २१ दिनदेखि सम्पूर्ण विद्यालयमा पठनपाठन ठप्प भएको हो। काठमाडौँ केन्द्रित नेपाल शिक्षक महासङ्घको आन्दोलनलाई समर्थन गर्दै हुम्लाका शिक्षकले जिल्लामा आन्दोलन जारी राख्दै आएका कारण विद्यालयमा पठनपाठन बन्द भएको छ। शिक्षक आन्दोलनमा उत्रिएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको नाम्खा गाउँपालिका–४ स्थित महाबौद्ध मावि कक्षा १० मा अध्ययनरत छात्रा सत्या बुढाले गुनासो गर्नुभयो। छात्रा बुढाका अनुसार गत तीन सातादेखि विद्यालयमा शिक्षक सहभागी नभई सदरमुकाम केन्द्रितले विद्यार्थीको गुणस्तरीय शिक्षामा समस्या पारेको छ।

जिल्लामा शिक्षकले आन्दोलन गर्दा जिल्लाभर पठनपाठन ठप्प भएको नेपाल शिक्षक सङ्घका केन्द्रीय उपमहासचिव कालीबहादुर शाहीले बताउनुभयो। सरकारले समयमै महासङ्घले राख्दै आएका माग सम्बोधन नगरेका कारण जिल्लामा पठनपाठन बन्द भएको उहाँले बताउनुभयो। शिक्षक आन्दोलनका कारण जिल्लाका एक सय १८ आधारभूत र २८ माध्यमिक विद्यालयका २० हजार भन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख योगेश आले मगरले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

एनेस्थेसिया चिकित्सकको अभावमा शल्यक्रिया सम्बन्धी सबै सेवा ठप्प

काठमाडौं । सिन्धुली जिल्लाकै सबैभन्दा ठूलो स्वास्थ्य संस्था ‘सिन्धुली अस्पतालमा एनेस्थेसिया चिकित्सकको अभावमा डेढ...

जङ्गली भान्टामा टमाटरको कलमी

काठमाडौं । जिल्लामा व्यावसायिक रुपमा टमाटर खेती गर्ने किसानले अहिले नयाँ प्रविधि प्रयोग गरेर टमाटर...

आठ नेपाली क्रिकेटर वेल्जियमको लिग खेल्दै

काठमाडौं । नेपालका आठ जना क्रिकेटरले एकै पटक वेल्जियमको लिग खेल्ने भएका छन् ।...

अवैध नदीजन्य उत्खनन् गर्ने सवारी र लागुऔषध बरामद

काठमाडौं । तनहुँ प्रहरीले पछिल्लो तीन दिनमा अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी साधन...