आठ नेपाली क्रिकेटर वेल्जियमको लिग खेल्दै

Published on

काठमाडौं । नेपालका आठ जना क्रिकेटरले एकै पटक वेल्जियमको लिग खेल्ने भएका छन् । आगामी जुन ६ देखि १४ तारिखसम्म वेल्जियकमा हुने युरोपियन टी–२० लिगमा नेपालका आठ जना खेलाडीले स्थान बनाएका हुन् । यसअद्धि सन् २०२४ को ग्लोबल टी–२० क्यानडा लिगमा नेपालका तीन खेलाडीले खेल्ने अवसर पाएका थिए ।  वेल्जियममा मङ्गलबार राति सम्पन्न ड्राफ्टबाट जेबी ब्रुजेस टोलीमा नेपालका सर्वाधिक पाँच क्रिकेटर अनुबन्धन भएका छन् । जसमा ललित राजवंशी, इशान पाण्डे, अनिल साह र गुलसन झा अनुबन्ध हुनुभएको छ । यस टोलीले यसअघि नै दीपेन्द्रसिंह ऐरीलाईअनुबन्ध गराइसकेको थियो ।

यस्तै ड्राफ्टबाट नेपालका कप्तान रोहित पौडेल घेन्ट ग्ल्याडीयटर्समा र आसिफ शेख एन्टवर्प एन्कर्समा आबद्ध हुनुभएको छ । यस्तै यसअघि सन्दीप लामिछानेलाई लिज रेड लायन्सले अनुबन्ध गराइसकेको थियो । ललित, अनिल, इशान, गुलसन र आसिफको यो पहिलो विदेशी लिग हो । युरोपियन टी–२० लिगमा पाँच टोलीको सहभागिता रहनेछ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...