भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

Published on

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ । साउदी अरबका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानको निमन्त्रणामा उहाँले अप्रिल २२ देखि २३ सम्म साउदी अरबको भ्रमण गर्नुहुने बताइएको छ । सन् २०१४ देखि प्रधानमन्त्री मोदीले साउदी अरब र खाडी मुलुकहरूसँग भारतको सम्बन्धको दिशा परिवर्तन गर्नुभएको छ । सन् २०१६ र २०१९ मा साउदी अरबको भ्रमणपछि यो उहाँको तेस्रो भ्रमण हुनेछ । खाडी क्षेत्रको कुनै मुलुकको उहाँको यो १५औँ भ्रमण पनि हो । “आज म साउदी अरबका राजकुमार तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानको निमन्त्रणामा साउदी राज्यको दुई दिने राजकीय भ्रमणमा प्रस्थान गर्दैछु”, उहाँले प्रस्थानपूर्व विज्ञप्तिमा भन्नुभयो ।

“हालैका वर्षहरूमा रणनीतिक गहिराइ र गति प्राप्त गरेको साउदी अरबसँगको लामो र ऐतिहासिक सम्बन्धलाई भारतले गहिरो महत्त्व दिन्छ”, उहाँले भन्नुभयो, “सँगै, हामीले रक्षा, व्यापार, लगानी, ऊर्जा र जनता–जनता सम्बन्धका क्षेत्रहरू सहित पारस्परिक रूपमा फाइदाजनक र ठोस साझेदारी विकास गरेका छौँ । क्षेत्रीय शान्ति, समृद्धि, सुरक्षा र स्थिरता प्रवद्र्धन गर्न हाम्रो साझा चासो र प्रतिबद्धता छ ।” साउदी अरबमा जीवन्त भारतीय समुदायसँग सम्पर्क गर्न पनि उत्सुक रहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, “भारतीय समुदायले हाम्रा राष्ट्रहरू बिचको जीवित पुलको रूपमा सेवा गरिरहेको छ र सांस्कृतिक र मानवीय सम्बन्धलाई सुदृढ पार्न अपार योगदान पुर्‍याइरहेको छ ।” शनिबार एक विशेष पत्रकार सम्मेलनमा विदेश सचिव विक्रम मिस्रीले भ्रमणले प्रमुख क्षेत्रीय र विश्वव्यापी मुद्दाहरू छलफल गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने बताउनुभयो । यसमा पश्चिम एसियाको अवस्था, इजरायल–प्यालेस्टिन द्वन्द्व र हुथी आक्रमणका कारण समुद्री सुरक्षामा खतरा समावेश छ । रासस/एएनआई

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...