भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

Published on

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ । साउदी अरबका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानको निमन्त्रणामा उहाँले अप्रिल २२ देखि २३ सम्म साउदी अरबको भ्रमण गर्नुहुने बताइएको छ । सन् २०१४ देखि प्रधानमन्त्री मोदीले साउदी अरब र खाडी मुलुकहरूसँग भारतको सम्बन्धको दिशा परिवर्तन गर्नुभएको छ । सन् २०१६ र २०१९ मा साउदी अरबको भ्रमणपछि यो उहाँको तेस्रो भ्रमण हुनेछ । खाडी क्षेत्रको कुनै मुलुकको उहाँको यो १५औँ भ्रमण पनि हो । “आज म साउदी अरबका राजकुमार तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानको निमन्त्रणामा साउदी राज्यको दुई दिने राजकीय भ्रमणमा प्रस्थान गर्दैछु”, उहाँले प्रस्थानपूर्व विज्ञप्तिमा भन्नुभयो ।

“हालैका वर्षहरूमा रणनीतिक गहिराइ र गति प्राप्त गरेको साउदी अरबसँगको लामो र ऐतिहासिक सम्बन्धलाई भारतले गहिरो महत्त्व दिन्छ”, उहाँले भन्नुभयो, “सँगै, हामीले रक्षा, व्यापार, लगानी, ऊर्जा र जनता–जनता सम्बन्धका क्षेत्रहरू सहित पारस्परिक रूपमा फाइदाजनक र ठोस साझेदारी विकास गरेका छौँ । क्षेत्रीय शान्ति, समृद्धि, सुरक्षा र स्थिरता प्रवद्र्धन गर्न हाम्रो साझा चासो र प्रतिबद्धता छ ।” साउदी अरबमा जीवन्त भारतीय समुदायसँग सम्पर्क गर्न पनि उत्सुक रहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, “भारतीय समुदायले हाम्रा राष्ट्रहरू बिचको जीवित पुलको रूपमा सेवा गरिरहेको छ र सांस्कृतिक र मानवीय सम्बन्धलाई सुदृढ पार्न अपार योगदान पुर्‍याइरहेको छ ।” शनिबार एक विशेष पत्रकार सम्मेलनमा विदेश सचिव विक्रम मिस्रीले भ्रमणले प्रमुख क्षेत्रीय र विश्वव्यापी मुद्दाहरू छलफल गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने बताउनुभयो । यसमा पश्चिम एसियाको अवस्था, इजरायल–प्यालेस्टिन द्वन्द्व र हुथी आक्रमणका कारण समुद्री सुरक्षामा खतरा समावेश छ । रासस/एएनआई

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...