ट्याक्टरले किचेर बालकको मृत्यु

Published on

काठमाडौँ । भोजपुरको उत्तरी षडानन्द नगरपालिका–१४ मा टक्याकटरले किच्दा ८ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ । को। २ त। ८६९७ नम्बरको ट्याक्टरले किच्दा ८ वर्षीय सौगात कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । षडानन्द–१२ का विकास कार्कीका छोरा सौगात कार्की पार्किङ गरी चालक खाना खान गएका बेला ट्याकटर आफैँ अचानक गुडेर दुर्घटना भएको थियो । ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको छ । ट्याक्टर चालक षडानन्द–१२ का २२ वर्षीय भुवन भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...